Welcome to Tamu Dhee London U.K website:
Tamu Dhee London Branch UK was formed in 2007. This website has been created with the aim of generating awareness about Gurung (Tamu) Culture, tradition, festivals and current social activities among all Nepalese living in UK and all other parts of the world. It is hoped that many individuals from all over the world will visit this site thus enabling us to exchange our views and ideas on various topics to bring our links ever closer together. We welcome any constructive comments and ideas from visitors to our website that will enable us to make this website even more interesting, vibrant, resourceful, informative, and user friendly.
२५५६औं बुद्ध जयन्ती तथा चौथो अन्तर समाज नेपाली लोक नृत्य प्रतियोगिता २०१२
तमु धिं लन्डन इकाईको आयोजनामा भब्यताका साथ सम्पन्न।
तमु धिं लण्डन ईकाइको आयोजनमा आईतबार ६ मई २०१२ का दिन ह्यारो लेजर सेन्टर लन्डनमा बुद्ध रनिङ ट्रफि चौथो अन्तर समाज नेपाली लोक नृत्य प्रतियोगिता २०१२ भब्यताका साथ सम्पन्न भयो। नेपाली लोक सांस्कृतिक फाँटको अभिन्न अंग नेपाली लोक नृत्यको बेलायतबासी नेपालीहरु माझमा संरक्षण, सम्बर्दन र बिकास गर्ने। लोक संस्कृतिको धनी हाम्रो देश नेपाल र नेपाली पहिचानलाई बेलायतमा नयाँ पुस्ताको नेपाली तथा अन्य समुदाय माझ परिचित गराउने, बेलायतमा स्थापना भएका नेपाली समाजहरु बिच पारस्परिक सम्बन्धलाई सुमधुर एबं प्रगाढ बनाउने र प्रबासी नेपाली नवोदित कलाकारहरुमा भएको लोकनृत्य प्रतिभाको प्रष्फुटन, प्रदर्शन र बिकास गराउने मुल उदेश्य लिई आयोजन गरिएको उक्त कार्यक्रममा बेलायति नेपाली समुदयको उल्लेख्य उपस्थिति रहेको थियो।
शान्तिका अग्रदुत, एशियाका तारा तथा नेपालका राष्ट्रिय बिभूती भगवान बुद्धको जन्म, बोधिलाभ र महापरिनिर्बाण भएको बिषेस तिथी बुद्ध जयन्ती तथा बैशाख पुर्णिमाको पवन अवसरमा तमु धिं लण्डन ईकाइले २००९ देखि हरेक बर्ष निरन्तररुपमा अन्तर समाज नेपाली लोक नृत्य प्रतियोगिता आयोजन गर्दै आईरहेको छ।यस बर्ष नृत्य प्रतियोगिताकै दिन तमु धिं लन्डन इकाईको आमा समुहका उपाध्यक्ष श्रीमती माया गुरुङ र रोहित गुरुङको संयोजनमा मध्यन्न १२ बजे देखि अपरहान्न ५बजे सम्म लामा गुरु धरम बहादुर गुरुङज्यु बाट बुद्ध जयन्ती पुजा पाठ, प्रवचन, धर्मदेशना कार्यक्रम गरिएको थियो।दिउसो सम्पन्न उक्त पुजामा चन्दादाताहरुको सहयोगबाट उपस्थित सम्पूर्ण भक्तजनहरुलाई नि:शुल्क खाना, पेय पदार्थ र प्रसादको ब्यबस्था गरिएको थियो।
बुद्ध जयन्ती पुजा सकिए पछि लगत्तै बेलुका तमु धिं लण्डन इकाईका अध्यक्ष शिवशरण गुरुङको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमका प्रमुख अथिति गैर आवासीय नेपाली संघ अन्तर राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष क्याप्टेन रिटायर्ड हितमान गुरुङ एमबिईले पानसमा दिप प्रज्वलन गरि नेपाल र संयुक्त अधिराज्य बेलायतको राष्ट्रिय धुन बजाएर औपचारिक रुपमा नृत्य प्रतियोगिता कार्यक्रमको समुदघाटन गर्नु भएको थियो। ८ सय पाउण्ड नगद प्रथम पुरस्कार, ३ सय पाउन्ड द्बितिय र २ सय पाउन्ड तृतिय पुरस्कार राखिएको चौथो अन्तर समाज नेपाली लोक नृत्य प्रतियोगिता २०१२ मा बिभिन्न ६ नेपाली संघ संस्था र समाजहरुको सहभागिता रहेको थियो। नृत्य प्रतियोगिता सुरु हुनुभन्दा पहिले तमु धिं लन्डन इकाईका कलाकारहरु बाट बैशाख पूर्णिमाको दिनमा धुमधामसंग नाच्ने र नचाउने गुरुङहरुको परम्परागत, मौलिक, गरिमामय र लोपोउन्मुख संस्कृति घाँटु नाच प्रदर्शन गरिएको थियो। घाँटु गुरुआमा श्रीमती चन्द्र कुमारि गुरुङ र साथिहरुले तयार पारेको घाँटु नाचको कलाकारहरु सुश्री जयन्ती गुरुङ, सुश्री लक्ष्मी गुरुङ र सुश्री हेमा गुरुङ थिए।
घाँटु नाच पछि क्रमश: प्रतियोगितामा सहभागि रेडिङ तमु धिं शाखा , गोर्खा जिल्ला तमु समाज, ओकिङ नेपाली युथ एसोसिएसन युके, दक्षिण पुर्ब क्षेत्रिय तमु धिं प्लमस्टिड, गोर्खा वेलफेयर सोसाईटी युके र गोर्खा नेपालीज कम्युनिटि कल्चरल ग्रुप न्युनिटनका नृत्य समूहहरुले अ-आफ्नो उत्कृष्ट नृत्य प्रस्तुत गरेका थिए।उक्त प्रतियोगिताको निर्णायक मण्डलीमा निर्णायकहरु सनम कुमार बैराग, सन्तोस बिश्वकर्म, श्रीमती कबिता गुरुङ र स्कोररमा देब बहादुर बहादुर गुरुङ हुनुहुन्थ्यो। कुल ६ वटा संघ संस्थाका नृत्य समूहहरुको बिच भएको जोडदार प्रतिस्पर्धामा गोर्खा नेपालीज कम्युनिटि कल्चरल ग्रुप न्युनिटनको नृत्य समूह प्रथम, दक्षिण पुर्ब क्षेत्रिय तमु धिं प्लमस्टिडका नृत्य समुह द्वितिय र गोर्खा वेलफेयर सोसाईटी युकेका नृत्य समुह तृतिय स्थानमा बिजयी भएका थिए।
प्रतियोगितामा प्रथम स्थानमा बिजयी हुने गोर्खा नेपालीज कम्युनिटि कल्चरल ग्रुप न्युनिटनका नृत्य समूहलाई स्वर्ण पदक तथा ८००(आठसय) पाउण्डको चेक प्रथम पुरस्कार प्रायोजक टप टि एङलो हिमालयन ट्रेडिङ कम्पनि लिमिटेडका निर्देशक होम परिबागले र बुद्ध रनीङ ट्रफी कार्यक्रमका प्रमुख अथिति गैर आवासीय नेपाली संघ अन्तर राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष क्यप्टेन रिटायर्ड हितमान गुरुङ एमबिईज्युले बितरण गर्नुभएको थियो।दोस्रो हुने दक्षिण पुर्ब क्षेत्रिय तमु धिं प्लमस्टिडका नृत्य समूहलाई रजत पदक तथा ३००(तिनसय) पाउन्डको चेक दोस्रो पुरस्कारका प्रायोजक गोर्खा ग्लोबल सेक्युरिटि सर्भिसेज लिमिटेडका निर्देशक क्याप्टेन रिटायर्ड चन्द्र बहादुर पुन, क्याप्टेन रिटायर्ड डेम बहादुर गुरुङ र कृष्ण बहादुर गुरुङले संयुक्त रुपमा र द्वितीया ट्रफि गैर आवासीय नेपाली संघ युकेका अध्यक्ष कुल आचार्यले बितरण गर्नु भएको थियो।यसै गरि तेस्रो हुने गोर्खा वेलफेयर सोसाईटी युकेका नृत्य समुहलाई काँश्य पदक तथा २००(दुईसय) पाउन्डको चेक तृतिय पुरस्कारको प्रायोजक वेम्ली तन्दुरि रेस्टुरेन्टका प्रोपाईटर ध्रुब के.सि.ले र तृतीय ट्रफि तमु धिं एसोसिएसन युकेका अध्यक्ष मुक्षेत्र गुरुङले बितरण गर्नु भएको थियो।प्रतियोगितामा सहभागि सम्पूर्ण कलाकारहरुलाई तमु धिं लन्डन इकाईका उपाध्यक्ष द्वय टंक राम गुरुङ र श्रीमती बिजु गुरुङले प्रसंशा पत्र बितरण गर्नु भएको थियो।
कार्यक्रममा गैर आवासीय नेपाली संघ युकेका अध्यक्ष कुल आचार्य, गैर आवासीय नेपाली संघ युकेका उपाध्यक्ष महेन्द्र कंडेल, तमु धिं एसोसिएसन युकेका अध्यक्ष मुक्षेत्र गुरुङ, उपाध्यक्ष द्वय कमल गुरुङ र सूर्जे गुरुङ, महासचिब ग्याम गुरुङ, प्रमुख सल्लहाकार डा. चन्द्र बहादुर गुरुङ, संस्थापक अध्यक्ष मिन प्रसाद गुरुङ, ग्रेटर रेडिङ नेपलिज कम्युनिटि एसोसिएसनका अध्यक्ष महेश गुरुङ, चार भाङज्यङ तमु समाज युकेका अध्यक्ष चन्द्र बहादुर गुरुङ, गोर्खा वेलफेयर सोसाईटि युकेका अध्यक्ष नर बहादुर गुरुङ, गोर्खा जिल्ला तमु समाजका अध्यक्ष लेप्टेनेन्ट रिटायर्ड पन्च बहादुर गुरुङ, रेडिङ तमु धिं शाखाका अध्यक्ष नरजङ गुरुङ, बोर्नटोक नेपाली समाजका अध्यक्ष लक्ष्य बहादुर गुरुङ, पयौंखोला तमु समाजका अध्यक्ष क्याप्टेन रिटायर्ड डेम बहादुर गुरुङ, नेपाल फोरुम ग्रिनविचका अध्यक्ष डा. राम कुमार अधिकारी, रामबजार समाजयुकेका अध्यक्ष राम बहादुर गुरुङ, गोर्खा जिल्ला समाजका अध्यक्ष खुशिमान गुरुङ, गोर्खा भूतपुर्व सैनिक संघका अध्यक्ष पदम बहादुर गुरुङ, पत्रकार महासंघ बेलायत शाखाका अध्यक्ष नबीन पोखरेल, लगायत बेलातयमा रहेका थुप्रै नेपाली संघ संस्थाका नेतृत्व वर्ग तथा प्रतियोगितामा सहभागि नृत्य समुहका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा तमु धिं लण्डन ईकाइका अध्यक्ष शिवशरण गुरुङले स्वागत मन्तब्य राख्नु भएको थियो।प्रतियोगितामा सहभागि सबै प्रतियोगि, प्रायोजक, अथिति, चन्दादाता तथा दर्शकहरुलाई संस्थापक अध्यक्ष, सल्लहाकार तथा आर्थिक सहयोग संकलनका संयोजक चित्र बहादुर गुरुङले धन्यबाद ज्ञापन गर्नुभएको थियो। वक्ताहरुको बोल्न क्रममा कार्यक्रमका प्रमुख अथिति गैर आवासीय नेपाली संघ अन्तर राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष क्याप्टेन रिटायर्ड हितमान गुरुङ एमबिई, गैर आवासीय नेपाली संघ युकेका अध्यक्ष कुल आचार्य, तमु धिं एसोसिएसन युकेका अध्यक्ष मुक्षेत्र गुरुङ, नेपाली फोरुम ग्रिनवीच युकेका अध्यक्ष डा. राम कुमार अधिकारी र मुख्य प्रायोजक टप टि एङलो हिमालयन ट्रेडिङ कम्पनि लिमिटेडका निर्देशक होम परिबागले प्रतियोगिताको महत्व बारे प्रकाश पार्दै अ-आफ्नो मन्तब्य ब्यक्त गर्नु भएको थियो।
प्रतियोगितामा महत्वपुर्ण भुमिका निर्बाह गर्नुहुने तिन जना निर्णायकहरुलाई तमु धिं एसोसिएसन युकेका प्रमुख सल्लहाकार डा. चन्द्र बहादुर गुरुङले पदक तथा प्रसंशा पत्र बितरण गर्नुभएको थियो। यसै गरि ३ वटा मुख्य प्रायोजकहरु टप टि एङलो हिमालयन ट्रेडिङ कम्पनि लिमिटेड, गोर्खा ग्लोबल सेक्युरिटि सर्भेज लिमिटेड र वेम्लि तन्दुरि रेस्टुरेन्टलाई तमु धिं लण्डन इकाईका अध्यक्ष शिवशरण गुरुङले चिनो स्वरुप इकाईको प्लेग तथा प्रसंशा पत्र र अन्य ३ वटा प्रायोजकहरु देउरालि ट्राभलका निर्देशक अशिस पन्त, होलिडे रिज्वाईस ट्राभल एण्ड टुरका निर्देशक दिलराज गुरुङ र गोर्खा स्क्वायर तन्दुरि रेस्टुरेन्टका प्रोपाईटर दिपक गुरुङलाई प्रसंशा पत्र प्रदान गर्नुभएको थियो र कार्यक्रममा आर्थिक सहयोग पु्र्याउने अन्य सबै प्रायोजक तथा महानुभावहरुलाई हार्दिक धन्यबाद ज्ञापन गर्नु भएको थियो।
उक्त कार्यक्रममा साउण्ड सिस्टमको ब्यबस्थापन भिम लिम्बुले, खानाको ब्यबस्थापन गोर्खा स्क्वायर तन्दुरी रेस्टुरेन्ट रेडिङले गरेका थिए र पेय पदार्थको ब्यबस्थापन अर्जुन गुरुङ र शिव चन्द्र गुरुङको संयोजनमा तमु धिं लन्डन इकाईका युबा समुहले गरेको थियो।सम्पुर्ण कार्यक्रमको संचालन महासचिब राम चन्द्र गुरुङ, निरज गुरुङ र सुश्री रेजिना गुरुङले गरेका थिए।समारोहमा हेल्थ एण्ड सेफ्टी बारे जानकारि संयोजक शिबकुमर गरुङले दिएका थिए।कार्यक्रममा मनोरंजनको निम्ति सल्लहाकार अर्जुन कुमार गुरुङ र संयोजक शिवकुमार गुरुङको संयोजनमा राफल ड्र पनि बन्दोबस्त गरेको थियो। बुद्ध जयन्ती पुजा तथा चौथो अन्तर समाज नेपाली लोक नृत्य प्रतियोगिता २०१२ कार्यक्रममा आर्थिक सहयोग संकलन कार्य संस्थापक अध्यक्ष तथा सल्लहाकार चित्र बहादुर गुरुङको संयोजनमा गरिएको थियो र वहाँलाई सल्लहाकार शुबस सिङ गुरुङ एमबिईले सघाएका थिए।उक्त प्रतियोगिताकै दिन कार्यक्रम स्थलमै तमु धिं लन्डन इकाईको भवन खरिद परियोजनाको निम्ति कार्यक्रमका प्रमुख अथिति गैर आवासीय नेपली संघ अन्तर राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष क्याप्टेन रिटायर्ड हितमान गुरुङ एमबिई बाट ५५०पाउन्ड, बिषेस अथिति गैर आवासीय नेपली संघ युकेका अध्यक्ष कुल आचार्य बाट ५५१ पाउन्ड र तमु धिं युकेका उपाध्यक्ष कमल गुरुङ बाट ५०० पाउन्ड आर्थिक सहयोग गर्ने बचन बद्दता पनि प्राप्त भएको थियो। भवन खरिद परियोजनाका चन्दादाताहरु लगायत कार्यक्रमका सम्पूर्ण प्रायोजक तथा अन्य चन्दादाताहरु, प्रतियोगितामा सहभगि बिभिन्न संघ संस्थाका नृत्य प्रतियोगिहरु र प्रतिनिधिहरुलाई तमु धिं लन्डन इकाई आभर सहित हार्दिक धन्यबाद ज्ञापन गर्दछ।नृत्य प्रतियोगिताको परिणाम घोषणा लगत्तै पुरस्कार बितरणको औपचारिक कार्यक्रम पुरा भएपछि मध्यरात्रि सम्म खाने, पिउने र नाच्ने गरी सबै अथिति, प्रतियोगि र दर्शकहरुले भरपुर मनोरंजन गरेका थिए।
शिवशरण गुरुङ
तमु धिं लन्डन इकाई।
सिरानीमा बेलायती भिसा राखेर तरकारी खेती
मनोज अधिकारी, पोखरा- जापानबाट दुई वर्षअघि घर फर्कंदा साथीहरूले सुन, हिरा र मोतीका बहुमूल्य गरहगना रोजे। महँगा विद्युतीय सामान लिएर आए। मीनाकुमारी (मिनु) गुरुङका झोलामा भने जापानी तरकारीका बीउ, झार काट्ने मेसिन, टाउकोदेखि हातगोडामा लगाउने रबरका पञ्जा, एप्रोन, बुट र अन्य कृषि औजार थिए।
उनलाई अरूजस्तो न धपक्क गहना लगाएर हिँड्ने रहर थियो, न घरभरि विलासिताका सामान जोड्ने सोख। व्यावसायिक कृषक बन्ने एक मात्र उद्देश्य लिएर उनी स्वदेश फर्कंदै थिइन् ।
बुद्ध रनिङ ट्रफि
चौथो अन्तर समाज नेपाली लोक नृत्य प्रतियोगिता २०१२को लागि
तमु धिं लन्डन इकाईको तयारी बैठक सम्पन्न।
तमु धिं लन्डन इकाईले गत १२ फेब्रुअरि २०१२मा बिशेष बैठक बसि बुद्ध रनिङ ट्रफि चौथो अन्तर समाज नेपाली लोक नृत्य प्रतियोगिता तयारीको बारेमा बिस्तृत छलफलगरि अवश्यक निर्णयहरु गरेको छ।जस अनुसार यस बर्ष आईतबार ६ मे २०१२मा बुद्ध पुर्णिमाकै दिन हेरो लिजर सेन्टर लन्डनमा प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ।अध्यक्ष शिब शरण गुरुङको सभापतित्वमा सम्पन्न उक्त बैठकले यस बर्षको प्रतियोगिता बिगतका बर्षहरु भन्दा बृहत, भब्य र प्रभाबकारी ढंग बाट संचालन गर्नको लागि तमु धिं लन्डन इकाईका बर्तमान संयोजक शिव कुमार गुरुङको संयोजकत्वमा एक मुल आयोजक कार्यसमिति गठन गर्ने निर्णय गरेकोछ।
यस बर्षको मुप्रि ल्होछार सेलेब्रेसन गत शनिबार सफल्ताका साथ सम्पन्न :
तमु धिं लन्डन इकाईका आदरणीय सल्लहाकारज्युहरु, कार्यसमितिका सम्पूर्ण पदाधिकारीज्युहरु, सम्पूर्ण आजीवन तथा साधारण सदस्यज्युहरु, युथ टिम र सपरिवार सहित सम्पूर्ण तमु बन्दुहरु।
सादर नमस्कार,
यस बर्षको मुप्रि ल्होछार सेलेब्रेसन गत ७ जनवरी शनिबार हेरो लेजर सेन्टरमा भब्य सफल्ताका साथ सम्पन्न भएको सहर्ष जानकारी गराउदै सबैले अ-आफ्नो क्षेत्र बाट गर्नु भएको योगदान र सहयोगको लागि म आभार सहित हार्दिक धन्यबाद ज्ञापन गर्दछु।मुप्रि ल्होछार सेलेब्रेसन सहित तमु धिं लन्डन इकाईको अध्यक्ष पद बहालीको अवसरमा यहाँहरु समक्ष म केहि कुराहरु राख्न चाहन्छु जुन कुराहरु मुलत ल्होछार सेलेब्रेसनको दिनमा पनि निबेदन गरिसकेको छु।
प्रथमता यस तमु धिं लन्डन इकाईलाई अफ्नो ब्यस्त समयको बाबजुद ठुलो मेहनत र अथक परिश्रमका साथ बेलायतको नेपाली समुदयमा एउटा अब्बल दर्जाको संस्थाको रुपमा स्थापित गरिदिनु भएकोमा स्थापनाकाल २००७ देखि दोस्रो कार्यसमितिको कार्यअवधी सम्माका हाम्रा श्रद्देय निबर्तमान अध्यक्ष श्री चित्र बहादुर गुरुङज्यु तथा दोस्रो कार्यासमितिका सम्पुर्ण पदाधिकारीहरुलाई हार्दिक धन्यबाद ज्ञापन गर्दछु।वहाँको कुसल नेत्रत्व र उल्लेखनिय योगदानको निम्ति तमु धिं लन्डन इकाई सधैभर कृतज्ञताका साथ आभार प्रकट गर्दछ।
यस बर्षको यो गरिमामय ल्होछार सेलेब्रेसन समारोहमा तमु धिं लन्डन इकाईको अध्यक्षको पदभार वहाँले मलाई हस्तान्तरण गर्नुभई यस गरिमामय संस्थाको नेतृत्वगरि यहाँहरुको सेवा गर्ने अवसर प्रदान गर्नु भएकोमा वहाँ लगायत तमु धिं लन्डन इकाईका सम्पुर्ण पदाधीकारि, सदस्य तथा दाज्यु भाई दिदि बहिनीहरुमा म आभार सहित धन्यबाद ज्ञापन गर्दछु।
बेलायति नेपाली डायसपोरामा एक अग्र पङतिको समाजमा स्थापित भइसकेको यस तमु धिं लन्डन इकाईलाई मेरो बल, बुता र बर्कतले भ्याए सम्म मन, बचन र कर्मले यस संस्थालाई अझ सुदृढ, सबल र समृद्द बनाउन म हरतरहबाट प्रयासरत रहने प्रतिबद्दता यहाँहरु समक्ष जाहेर गर्दछु। संस्थालाई अझ सबल र समृद्द बनाउने यस महान कार्यमा तेस्रो कार्यसमितिका साथिहरु, सल्लाहकारज्युहरु र सम्पुर्ण सदस्यज्युहरुको पनि पुर्ण सहयोग प्राप्त हुनेछ भन्ने मईले पुर्ण विश्वास लिएको छु।
Thank you Message: Mr Chitra Bahadur Gurung
Dear Chairman, Executive Members, Advisers and All sincere Tamumei,
First of all thank you very much for your messages to all the members and showing your commitment for the Tamu dhee London Branch. I would also like to give a big thank you to everyone for bidding me, my wife and 2nd executive members an excellent farewell. I would like to assure that my full support is always there whenever in need and I am sure we are a great team that can achieve many things in future and we all know Tamu Dhee London Branch’s main aim is to build a community house in west London.
I would also like to thank you to all 2nd Executive members, Advisers and all sincere members for your excellent support and your commitment throughout to build a strong Tamu Community in west London Area. Your hard work, loyalty and your sacrifices to this community will never be forgotten. I would also like to praise Co-ordinator Mr. Shiva Kumar Gurung and Adviser Mr.Arjun Kumar Gurung for their excellent hard work and commitment to establish this strong community. I must not forget big effort given by Adviser Ex President TDUK Subasing Gurung, Secretary Tanka Ram Gurung, Adviser Tika Gurung, Adviser Prem Gurung, Adviser Lt Rtd Narayan Prasad Gurung, Adviser Sanman Gurung, Cultural Secretary Gagan Gurung, Assistant Cultural Secretary Santok Gurung, Sports Secretary Hariman Gurung, Adviser Mahesh Ghale, Food coordinator Dharm Gurung and photographers Chet Prasad Gurung and Omkar Gurung, Webmaster Yam Gurung, Secretary Gopi Gurung, Assistant Sports Secretary Harka Gurung, Committee member Buddhi Gurung, Member Gyan Gurung, Elected Vice Chairperson Biju Gurung, Committee member Maya Gurung, Committee member Sahara Gurung, Committee member Bindu Ghale, Committee member Rohit Gurung, Committee member Bimla Gurung, Committee member Mrs. Padam Gurung, Treasurer Kedar Gurung. Even young people helped us run the event and I’m equally thankful to them and they are Miss Manika Gurung, Miss Ritika Gurung and Miss Pramila Gurung. Also a big thanks goes to the event hosts Niraj Gurung and Swasti Gurung for their excellent effort. Last but not least a big thanks goes to all youth team for there Excellent performance.
The 04th Lhochaar Celebration of Tamu Dhee London Branch was a huge success which was held on Saturday 7 Jan 2012 and I would like to welcome Muphri Lho and the new year 2012. Tamu Dhee London Branch Lhochaar celebration happened with a great success and I believe that every individual member as well as guests thoroughly enjoyed the festival with their relatives, friends and Families. Within our time limit we managed to run the event smoothly including Main Puja, Youth dance show, welcoming new life members, welcoming 3rd Executive committee, bidding farewell to artists from Nepal as well as 2nd Executive committee. Before we wrapped up the event we had a non-stop DJ session where guests from all age took part and danced till midnight. We hope all of you’ve had one of the best and enjoyable nights with your family and friends.
I always believe that there’s always a room for improvement regardless of the success of the event. Therefore, I would like to urge everybody to have their say about the lhochaar event during the post lhochaar meeting. Your comments and feedback have been really useful in the past and I also believe your comments and feedback about the recent lhochaar event will be handy as we would be looking forward to improve our future events on that basis. If you have any joint comments then please share them in our next post lhochaar meeting or you could always email General Secretary Ram Chandra Gurung with your feedback.
I would like to apologize to all the new life members for not being able to provide them with their badges due to high volume of new life members’ registration within a short space of time. We had to order the badges from abroad and due to festival and new years period those badges couldn’t reach us in time. I promise you all that your life member certificates, life member badges and constitution/bidhan of Tamu Dhee London branch will be delivered to your doors once we receive them. Once again please accept my sincere apologies regarding the matter.
In conclusion, I would like to thank everyone for giving me a great opportunity to run the chairmanship of Tamu Dhee London for 2 terms. I really enjoyed working with you all and I will continue doing so as the founder chairman and a general Tamu member to this community. We have managed to establish ourselves in London area as one of the best communities with your support, co-operation and help. I’m sure you will all continue to support the new chairman Shiv Sharan Gurung and 3rd Executive committee members. I wish them many congratulations on their appointment and good luck for the future.
Thank you again to all Tamumei.
Jay Tamu Dhee London
Chitra Bahadur Gurung
Founder Chairman/Adviser
Tamu Dhee London Branch
Adviser NRN UK
Tamu Dhee London Branch Tihar 2011 Deushi/Bhailo:
Tihar 2011 Deishi/Bhailo programme took place on the 28th and 29th october 2011 at North West London Area.
The purpose of the Deushi/Bhailo programme on auspicious festival Tihar 2011 is to raise fund for the Tamu Dhee London Branch housing project. During the 2 day of Deusi bhailo programme we received contribution (Dan) from the following menbers and well-wishers,
please click here ....to view the list of Members who contributed.
तमुधी लण्डन इकाईको वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

धर्मराज अधिकारी,लण्डन -
तमु अर्थात गुरुङ जातीहरुको साझा संस्था तमुधी लण्डन इकाईको वार्षिक साधारणसभा सम्पन्न भएको छ । वेष्ट ह्यारोमा शनिबार सम्पन्न साधारणसभाले शिव शरण गुरुङको अध्यक्षतामा सर्वसम्मत नयां कार्यसमिति समेत चयन गरगुरुङ यसअघि इकाईको सल्लाहकार थिए । त्यसैगरी नयां कार्यसमितिको उपाध्यक्ष द्धयमा टंकराम गुरुङ र बिजु गुरुङ महासचिवमा रामचन्द्र गुरुङ,सचिवमा गोपी गुरुङ र कोषाध्यक्ष केदार गुरुङ रहेका छन।इकाईले सहकोषाध्यक्ष भरत गुरुङ, संयोजकमा शिबकुमार गुरुङ, सांस्कृतिक सचिवमा गगन गुरुङ, सहायक सांस्कृतिक सचिवमा सन्तोक गुरुङ, खेलकुद सचिवमा हरीमान गुरुङ, सहायक खेलकुद सचिवमा हर्क गुरुङ, खाध्या संयोजकमा नवराज गुरुङ, फोटोग्राफरमा ओमकार गुरुङ, भिडियोमा चेत प्रसाद गुरुङ, वेभ मास्टरद्धयमा याम गुरुङ र सन्जय गुरुङ, सम्पतिमा शिबचन्द्र गुरुङ , सुरक्षा संयोजक बुद्धि गुरुङ र शिक्षा संयोजक देव गुरुङलाई चयन गरेको छ।त्यस्तै सदस्यहरुमा साहारा गुरुङ, मायां गुरुङ, कमला गुरुङ, शर्मिला गुरुङ, पुष्पा गुरुङ, मथुरा गुरुङ,टेक बहादुर गुरुङ, रोहित गुरुङ, नगमरजंग गुरुङ र दिनेश गुरुङ रहेका छन।
नयां निर्वाचित कार्यसमितिले आगामी ल्होछारका दिन सपथ ग्रहण तथा पुरानो कार्यसमितिलाई विदाइ गर्नेछन । निर्वाचन समितिका अध्यक्ष सनमान गुरुङले अध्यक्ष शिवशरण गुरुङ सहित कार्यसमितिलाई सर्वसम्मत चयन भएको घोषणा गरेका थिए । निर्वाचन मण्डलमा रिटायर्ड लेफ्टिनेन्ट नारायणप्रसाद गुरुङ तथा केदार बहादुर गुरुङ सदस्य र महासचिव अर्जुन कुमार गुरुङ निर्वाचन संयोजक थिए । निर्वाचित नयां कार्यसमतिलाई अध्यक्ष चित्र बहादुर गुरुङले खादा लगाई सम्मान गरे । त्यस्तै संस्थापक सदस्य जुम बहादुर गुरुङलाई सामाजीक भवन निर्माणका लागि पांचसय पाउण्ड सहयोग गरेबापत सम्मान गरीएको थियो । आजीवन सदस्य दिनेश गुरुङलाई अध्यक्ष गुरुङले खादा लगाइ स्वागत गरेका थिए ।
निर्वाचित भएपछि बोल्दै अध्यक्ष गुरुङले आफ्नो क्षमताले भ्याएसम्म मन बचन र कर्मले संस्थाको हितमा काम गर्ने बताए । बैचारीक नीतिगत र संस्थागत सबै रुपमा सम्पन्न लण्डन इकाईलाई अझ शसक्त रुपले अघि बढाउन आफु वचनबद्ध रहेको दोहोर् याए ।
वार्षिक साधारणसभामा बोल्दै इकाईका अध्यक्ष चित्र बहादुर गुरुङले संस्थालाई यहांसम्म ल्याउन सहयोग गर्नेहरुप्रति आभार प्रकट गरे । आफ्नो चार बर्षे कार्यकालको दौरानमा कार्यसमितिका सदस्यदेखि सल्लाहकार एवं शुभेच्छुक सबैबाट मायां पाएको उनले बताए । बालबच्चाहरुलाई नेपाली तथा तमु भाषा अध्ययानका लागी सहयोग गर्न उनले सबैलाई अपिल गरे । तमु संस्कृति झल्काउने पर्व ल्होसारमा सहभागि हुंदा जातीय भेषभुषामा आउन सबैलाई आग्रह गरेका थिए ।
अध्यक्ष चित्र बहादुर गुरुङको अध्यक्षतामा बसेको साधारणसभामा निर्वाचन समितिका सदस्य एवं सल्लाहकार रिटायर्ड लेफ्टिनेन्ट नारायणप्रसाद गुरुङ आजीवन सदस्य प्रेम गुरुङ लगायतले संस्थाले आगामी दिनमा खेल्नुपर्ने भुमिकाका बारेमा प्रष्ट पारेका थिए । कोषाध्यक्षले पेश गरेको आर्थिक विवरण प्रशंसनिय भएको बताएका थिए । कार्यक्रममा संस्थाका जेष्ठ नागरिकहरु खडग बहादुर गुरुङ,जुम बहादुर गुरुङ र देउबहादुर गुरुङ सहभागि भएका थिए ।
साधारणसभामा महासचिव अर्जुन कुमार गुरुङले इकाईबाट भएका उपलब्धिहरुको चर्चा गरेका थिए । समाजसेवामा अग्रणी तमुधी लण्डन इकाईले छोटो समयमा धेरै उपलब्धि पुर्ण काम गरेको उनले बताए । इकाईका कोषाध्यक्ष शिव कुमार गुरुङले संस्थाको आयब्यय प्रश्तुत गरेका थिए । दोश्रो कार्यकालमा बेलायतमा दुख पिर पाएका नेपालीहरुलाई करीब ३ हजार पाउण्ड सहयोग गरेको कोषाध्यक्ष गुरुङले बताए।
यस बिचमा इकाईले जेष्ठ नागरीकलाई यु के को ब्रईटन बिच र युरोप भ्रमण बालबच्चाहरुलाई नेपाली तथा गुरुङ भाषा कक्षा ल्होछार पर्व नेपाली मेलामा विशेष सहभागिता महिलाहरुको पर्व तिज बुद्ध जयन्ति तथा अन्तर समाज लोकनृत्य प्रतियोगिताको आयोजना लगायत दर्जनबढि परोपकारी कार्यहरु गरेको छ । यस बाहेक इकाईले बृद्ध आमाबाबालाई लक्षित गर्दै अंग्रेजी भाषा कक्षा संचालन गर्ने समेत जमर्क गरेको छ ।
नेपाली मेला २०११को एम्बेसडर कप तमु धिं लन्डन इकाईले जित्यो।
रिचमोन्ड लण्डन/२८ अगष्ट - हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव, हाम्रो नेपाली मेला भन्ने नाराका साथ नेपाली कला, संस्कार र संस्कृतिको संरक्षण र सम्बर्द्धन गर्ने, नेपाली कला, संस्कृति र पहिचानलाई मुलुक बाहिरा परिचित गराउने, नेपाल पर्यटनको प्रबर्द्धन गर्ने, बेलायतमा रहेको नेपाली समुदायका बिभिन्न संघ संस्था र समाजहरु बिच पारस्परिक सम्बन्धलाई सबल र सुमधुर बनाउने र नेपाली कलाकारहरुको प्रतिभाहरुलाई प्रदर्शन र बिकास गराउने मुख्य उदेश्य लिई प्रत्येक बर्ष तमु धिं एसोसिएसन युकेले आयोजना गर्ने रमाईलो नेपाली मेला २०११ गत अईतबार २८ अगष्टका दिन सरे स्थित रिचमोन्ड एथलेटिक्स एसोसिएशनको मैदानमा भव्यताकासाथ् सम्पन्न भयो। उक्त नेपाली मेला २०११मा गत बर्षको बिजयी टिम तमु धिं रेडिङ इकाईलाई उच्छिनेर तमु धिं लण्डन इकाईले उत्कृष्ट झाँकी र नृत्य प्रदर्शन गरी पहिलो स्थानमा यस बर्षको एम्बेसडर कप र नगद पुरस्कार ६००पाउन्ड जितेको छ। एम्बेसडर कपको दोश्रो स्थान तमु धिं रेडिङ ईकाई र तेश्रो स्थान किरांत याक्थुङ चुम्लुङले हात पारेका थिए। दोश्रो र तेश्रो हुनेलाई ४०० र २०० पाउन्ड नगद तथा प्रशंसापत्र प्रदान गरीएको थियो।





