ARTICLES
तमु धिं लण्डन इकाई को प्रथम बार्षिकोत्सब सम्पन्न।
वेम्बली - जुलाई १९९७ साल पछि अवकास प्राप्त भएका भुतपुर्ब ब्रिटिश गोरखा सैनिक र तिनका परिवारलाई बेलायतमा स्थाइ बसोबास गर्ने अनुमति ब्रिटिश सरकार ले प्रदान गरेकाले बिगत केही बर्ष भित्र नेपालीहरुको संख्या बेलायतमा उल्लेख्य मात्रामा बृद्धि भएको छ। बृटिश गोरखा शेनामा निकै ठूलो बहुल्यता रहेको तमु (गुरुङ) हरुको संख्या पनि बेलायतमा निक्कै बृद्धि भएको छ।यही तीब्र रुपमा बृद्दी भइरहेको तमु (गुरुङ) जन घनत्व लाई द्रिष्टिगत गरी तमु धी एसोसिएसन युकेको 'लण्डन इकाई' को रुपमा, उत्तर पस्चीम लण्डन को बिभिन्न भागमा बिभिन्न पेशा अंगालेर स्थाइ तथा अस्थाइ बसोबास गरिरहेका नेपालको आदिबाशि जनजातिहरु मध्ये एक, तमु (गुरुङ) जातिका सम्पूर्ण तमुहरुलाई एउटै थलोमा समेटी आपसी समाजदरी, सद्भावना र सहयोगको बिकास गरी भावनात्मक एकताको सूत्रमा आबद्द गरी मन, बचन र कर्माले सामाजिक र कल्याणकारी कार्यहरु गर्नुको सथै तमु भाषा, धर्म, संस्कार र संस्कृतिको संरक्षण र सम्बर्धन गरी भाबी सन्ततीहरुमा तमु पहिचानको जीवन्तता र याशपूर्ण मार्ग सुनिस्चित गर्ने उदेस्या लिई गत साल सेप्टेम्बरमा स्थापन भएको 'तमु धी लण्डन इकाई'ले एक बर्ष पूरा गरी दोस्रो बर्षमा प्रबेस गरेको छ।यही पवन अवसरमा गत ७ सेप्टेम्बरका दिन अल्पर्टन हउस, वेम्बलीमा तमु धी लण्डन इकाईले प्रथम बार्षिकोत्सब एक बिशेस सभा आयोजना गरी सम्पन्न गरियो।

तमु धी लण्डन इकाईका अध्यक्ष चित्रबहादुर गुरुङको सभापतित्वमा सञ्चाल्न भएको उक्त सभामा महासचिब प्रेम गुरुङले उपस्थित सबै तमुहरुलाई हार्दिक धन्यबाद र बधाई ज्ञापन गर्दै इकाईको उदेश्य, गत एकबर्ष भित्र सम्पन्नगरेका रचनात्मक कार्यक्रमहरु र यसका उपलब्धिहरुको बारेमा प्रकास पर्नु भयो।स्थापन कालमा साना तीन प्रबिधिक कठिनाइ हरु भोग्नुपरेता पनि सबैको सहायोग बाट तमु धी लण्डन इकाईले संस्थगत रुपमा प्रगतिको पथमा फड्को मार्न सफल भएको बताउनु भयो। सभामा इकाईका अध्यक्ष चित्रबहादुर गुरुङले तमु धी लण्डन इकाईको आगामी कार्यक्रमहरुको बारेमा चर्चा गर्नुको सथै नेपालमा कोशी नदीको बाडी बाट पीडित भएकाहरुलाई राहत उपलब्ध गर्नको लागि सक्दो आर्थिक सहयोग गरिदुनुहुन र संकलनमा सहभागी भइदिनुहुन सबैलाई सबैलाई अनुरोध गर्नु भएको थियो।यस्तै प्रकारले इकाईका कोषअध्यक्ष शिवकुमार गुरुङले इकाई कोषको आया ब्याया बिबरण प्रस्तुत गरेका थिए।तमु धी एसोसिएसन युकेका केन्द्रिया उप-अध्यक्ष शुबाश गुरुङ्गले लण्डन इकाईको सस्थगत बिकास बारे मन्तब्य प्रकट गर्नुको सथै तमु धी एसोसिएसन युकेको भवन खरिद गर्दा बिभिन्न क्षेत्रबाट सहयोग गर्नु भएका महानुभबहरुलाई र निर्ब्यजी ऋण सहयोग गर्नु भएकोमा तमु धी लण्डन इकाईलाई केन्द्रको तर्फ बाट बिशेस धन्यबाद ज्ञापन गर्नु भएको थियो।समहरोहामा अन्या महानुभब हरुले पनि अ-आफ्नो मन्तब्य ब्यक्त गर्नु भएको थियो।मन्तब्य प्रकट गर्ने क्रममा युबा समूहका प्रतिनिधि सुश्री गौमाय गुरुङले समाजमा युबा समूहको परिचालन ,संलग्नता र सहयोगको अपरिहार्यात बारे प्रकाश पार्दै भाबी कार्यक्रमहरुमा सक्दो सहभागिता र सहयोग गर्ने बताउनु भयो सथै बिभिन्न खेल प्रतियोगिताहरुमा भागलिन जाँदा यातायातको ब्यबस्था गरिदिनु भएकोमा धन्यबाद दिनुभयो। तमु धी लण्डनको युथ टिमले यस बर्षको फनबोरो बास्केटबल प्रतियोगितामा प्रथम स्थान हाँसिल गरेका थिए।
समारोहामा तमु धी एसोसिएसन युकेको भबन खरिद गर्न सबै भन्दा धेरै चन्दा, सर्बधिक रकम ५००५(पाँच हजार पाँच) पाउण्ड प्रदान गर्ने चन्दा दाता खुसिमान गुरुङ्ग र उहाको धर्मपत्नी लाई इकाईको तर्फ बाट अध्यक्ष चित्रबहादुर गुरुङले खादा ओडाइ कदर, सम्मान र धन्यबाद ज्ञापन गर्नुभयो। उक्त कार्यक्रममा संजय गुरुङ्गले तयार पारेको तमु धी लण्डन इकाईको छिट्टै प्रसारण गरिने नमूना वेबसाइट पनि सबैले अबलोकन गरेका थिए। बार्षिकोत्सबको बिशेस सभा बिहान ११ बजे प्रारम्भ भई अपराह्न्न ४ बजे बिसर्जन गरिएको थियो। कार्यक्रममा सभा सञ्चालन , जलपान र खानको बिशेस ब्यबस्था सचिब अर्जुन गुरुङले गर्नु भएको थियो।
शिबशरण गुरुङ