तमु धिं लण्डन इकाईको मुप्रि ल्होछार सेलेब्रेसन
२०६८ भब्यताका साथ ह्यारो लिजर सेन्टरमा सम्पन्न।
ह्यारो / उत्तर पश्चिम लण्डनमा बसोबास गरिरहेको सम्पूर्ण तमु(गुरुङ)हरुले तमु धिं लण्डन इकाईको आयोजनामा २०६८ सालको गुरुङ नयाँ बर्ष मुप्रि ल्होछार शनिबार ७ जनवरी २०१२मा ह्यारो लिजर सेन्टरको पार्टि हलमा भब्यताका साथ मनाए।
उत्तर पश्चिम लण्डनका सबै तमु(गुरुङ)हरु आफ्नो जातीय भेष भुषामा सजिएर बेलुका पाँच बजे देखिनै यस बर्षको मुप्रि ल्होछार पर्व हर्ष र उल्लासमय बातावरणमा मनाउन कार्यक्रम स्थलमा भेला भएका थिए।तमुहरुको सबैभन्दा महत्वपुर्ण तथा महान पर्व ल्होछार सेलेब्रेसनमा औपचारीक कार्यक्रमको प्रारम्भ अगाबै धर्म गुरु लामा धरम गुरुङले पुजा पाठ गरेर उपस्थित सबै महानुभावहरुको ग्रहा शान्ती गरी रुपा लगाई स्याई स्याई र आसिरबाद दिएका थिए।कार्यक्रमका प्रमुख अतिथि एन आर एन युकेका अध्यक्ष कुल आचार्यले दियो प्रज्वलन गरी नेपाली राष्ट्रिय गीत बजाएर तमु धिं लण्डन इकाईको मुप्रि ल्होछार सेलेब्रेसन कार्यक्रमको औपचारिक शुभारम्भ गर्नु भएको थियो।
तमु धिं लण्डन इकाईका अध्यक्ष चित्र बहादुर गुरुङको सभापतित्वमा संचालन भएको उक्त ल्होछार सेलेब्रेसनको औपचारीक कार्यक्रममा महासचिब अर्जुन कुमार गुरुङले आमन्त्रित सबै अतिथिहरुको परिचय दिई कार्यक्रममा आशन ग्रहण गराउनु भएको थिए। जसमा प्रमुख अतिथिको रुपमा कुल आचार्य अध्यक्ष एन आर एन युके तथा अतिथीको रुपमा मुक्षेत्र गुरुङ अध्यक्ष तमु धिं युके, डा. चन्द बहादुर गुरुङ प्रमुख सल्लाहकार तमु धिं युके, सोम गुरुङ अध्यक्ष तमु पे ल्हु संघ युके, नर बहादुर गुरुङ अध्यक्ष गोर्खा वेलफेयर सोसाईटि नोर्थहोल्ट, चन्द्र बहादुर गुरुङ अध्यक्ष चार भाङज्याँङ तमु समाज युके, राम कृष्ण राई अध्यक्ष ठाँटी नेपाली समाज युके, दिवाकर राई अध्यक्ष किरात यायोख्या लन्डन ब्राँन्च, लेप्टेनेन्ट रि. पञ्चबहादुर गुरुङ अध्यक्ष गोर्खा तमु समाज युके, लक्ष गुरुङ अध्यक्ष बन्टोक नेपाली समाज युके, अति पुन अध्यक्ष पुन सामाज युके, ज्ञान शेरचन अध्यक्ष थकाली समाज युके, क्याप्टेन रि. डेम बहादुर गुरुङ अध्यक्ष पयौं खोला समाज युके, हेम मगर प्रतिनिधि मगर संघ युके, प्राध्यपक नारायण गुरुङ पूर्ब महासचिब गुरुङ राष्ट्रिय परिषद, अनन्द घले कोषाध्यक्ष तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद, शिक्षक चक्रराज कार्की, जोन मेसोन पुर्ब अध्यक्ष बृटिस लिजन, लेजलि मकडोना पुर्ब काउन्सिलर, डारेन वेनहाम निर्देशक लन्डन हिथ्रो यातायात बिभाग र कलाकारहरु राजु गुरुङ र श्रीमती शिला आलेको उपस्थिति रहेको थियो।
मुख्यतय नोर्थ वेस्ट लण्डनबासी तमुहरु र त्यस वरपरका अन्या समुदय र जातजातिका नेपालीहरु गरि झण्डै ६ सय ५० जनाको उपस्थिती रहेको उक्त ल्होछार कार्यक्रममा तमु धी लण्डन इकाईका अध्यक्ष चित्रबहादुर गुरुङले स्वागत मन्तब्य राख्नुको साथै उपस्थित तमु जनसमुदाय र बिशिष्ट आमन्त्रित अतिथिगणहरुमा स्वागतका साथ मुप्रि ल्होछारको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको थियो। वहाँले आफ्नो कार्अवधि अन्त भएकोले कार्यावधिभर सहयोग गर्नु हुने सबैलाई हार्दिक धन्यबाद पनि ब्यक्त गर्नु भएको थियो। प्रमुखा अतिथी एन आर एन युकेका अध्यक्ष कुल आचार्य र तमु धिं युकेका अध्यक्ष मुछेत्र गुरुङ दुबैजनले ल्होछारको शुभकामना ब्यक्त गर्दै आ-आफ्नो मन्तब्य राख्नु भएको थियो। कार्यक्रममा महासचिब अर्जुन कुमार गुरुङले संस्थाको संक्षिप्त बार्षिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो।
बिगतका बर्षहरु झै यसबर्षको ल्होछार कार्यक्रममा पनि जिसिएसई उतिर्ण गरेका बिद्यार्थि र शिक्षण क्षेत्रमा प्रशंसनिय उपलब्धि हाँसिल गरेका बौधिक ब्यक्तित्वहरुलाई सम्मान गरि प्रशंसापत्र प्रदान गरिएको थियो। कार्यक्रममा मिस युके नेपाल २०११ सुश्री गौमाया गुरुङलाई पनि खादा ओडाई सम्मान गरिएको थियो।अनवरत रुपमा दिलोज्यान दिई संस्था र समाजलाई बिषेस योगदान पुर्याउनु भएका ब्याक्तित्वहरु ज्ञान गुरुङ, सुबास गुरुङ, याम गुरुङ, अभियान गुरुङ, चक्रराज कार्कि, सुश्री हेमा गुरुङ, सुश्री सिर्जना गुरुङ, सुश्री प्रमिला गुरुङ, सुश्री प्रतिमा गुरुङलाई कदरपत्र प्रदान गरि सम्मान गरिएको थियो,
समाजिक भवन खरिद गर्न एक हजार देखी माथि आर्थिक सहयोग गर्नु भएका दानबिर चन्दादाताहरुलाई खादा तथा ताम्रापत्र बाट सम्मान र हजार भन्दा तलका आर्थिक सहयोग गर्ने चन्दादाताहरुलाई प्रशंसापत्र बितरण गरि सम्मान गरिएको थियो।ताम्रापत्र प्राप्त गर्नुहुनेमा श्रीमान तथा श्रीमती चन्द्रबहादुर गुरुङ हुनुहुन्थ्यो। यस्तै प्रकारले प्रशंसापत्र प्राप्त गर्नुहुने चन्दादाताहरुमा श्रीमान तथा श्रीमती झुमबहादुर गुरुङ, श्रीमान तथा श्रीमती लिलबहादुर गुरुङ, श्रीमान तथा श्रीमती केशर बहादुर गुरुङ, र श्रीमान तथा श्रीमती टेकबहादुर गुरुङ हुनुहुन्थ्यो ।चन्दादाताहरुलाई ताम्रापत्र तथा प्रशंसापत्र प्रमुख अतिथि एन आर एन युकेका अध्यक्ष कुल आचार्यले बितरण गर्नु भएको थियो।कार्यक्रममा ७१ जना नव आजीवन सदस्यहरुलाई सदस्यता प्रमाणपत्र बितरणगरी खादा लगाई सम्मान तथा स्वागत गरिएको थियो।
कार्यक्रममा औपचारिक बिबिध कार्यक्रमहरुको सङसंगै सांस्कृतीक कार्यक्रमहरु पनि प्रस्तुत गरिएको थियो। तमु धिं लण्डन इकाईका सांस्कृतिक सचिब गगन गुरुङको कोरियोग्राफिमा तयार पारिएको तमु तथा नेपाली लोकसंस्कृति झल्काउने स्थानीय कलाकार हरुको नृत्यले दर्शक हरुलाई भरपूर मनोरञ्जन गराएको थियो।सोरठी नृत्य बाट आरम्भ गरिएको सांस्कृतिक कार्यक्रममा नेपाली लोक कला र संस्कृति झल्काउने बिभिन्न किसिमको चुडका, झ्याउरे, शेर्पा, तामाङसेलो, नेपाली लोक नृत्य र आधुनिक नेपाली नृत्यहरु प्रदर्शन गरिएको थियो। सांस्कृतिक कार्यक्रममा तमु पे ल्हु संघ युकेका कलाकारहरुले पनि नृत्य प्रस्तुत गरेका थिए ।
सांगितिक कार्यक्रमको प्रमुख आकर्षण नेपालबाट आउनु भएको ख्यातिप्राप्त लोक गायिका श्रीमती शिला आले र नायक तथा गायक राजु गुरुङ रहेका थिए। दुबै कलाकारहरुले नेपाली लोक गित र गुरुङ गितहरु गाएर उपस्थित सबै दर्शकहरुलाई मन्त्र मुग्ध बनाएका थिए ।यसको साथ साथै कार्यक्रमको अन्तिम चरणमा अतिथि कलाकार द्वय राजु गुरुङ र शिला आलेको दोहोरिगीतले सबै दर्शकहरुलाई उफ्रीउफ्री नचाएका थिए।आतिथी कलाकारद्वय राजु गुरुङ र शिला आलेलाई वहाँहरुको प्रस्तुति सुरुहुन अगावै अध्यक्ष चित्रबहादुर गुरुङले कार्यक्रममा खादा ओडाई फुलको गुच्छाले स्वागत गर्दै प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको थियो ।
महेश घले संयोजक रहेको उक्त मुप्रि ल्होछार सेलेब्रेसन कार्यक्रममा तमु धिं लन्डन इकाईको नव निर्वचित तेस्रो कार्यसमितिका सम्पुर्ण पदाधिकारीहरुलाई तमु धिं युकेका अध्यक्ष मुछेत्र गुरुङले खादा लगाई बधाई ज्ञापन गर्नुका साथै स्वागत गर्नु भएको थियो। यसै गरि कार्यावधी पुरा गरेका दोस्रो कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरुलाई नव नियुक्त अध्यक्ष शिबशरण गुरुङले खादा ओढाई धन्यबाद दिदै बिदाई गर्नु भएको थियो।यसै गरि दोस्रो कार्यसमितिका अध्यक्ष चित्र बहादुर गुरुङले नव निर्वाचित तेस्रो कार्यसमितिका अध्यक्ष शिवशरण गुरुङलाई तमु धिं लन्डन इकाईको अध्यक्ष पदभार हस्तान्तरण गर्नुभएको थियो।उक्त कार्यक्रममा तेस्रो कार्य समितिका लागि मनोनयन गरिएका नव सल्लाहकारहरुलाई तमु धिं युकेका प्रमुख सल्लहाकार डा. चन्द्र बहादुर गुरुङले खादा लगाई बधाई दिदै स्वागत गर्नु भएको थियो। सल्लाहकारहरुमा लेप्टेनेन्ट. रि. नारायण प्रसाद गुरुङ बिइएम, प्रेम गुरुङ, खुशिमान गुरुङ, श्रीमती रेनुमाया गुरुङ, सनमान गुरुङ, उदय गुरुङ, सुवासिङ गुरुङ बिइएम, चित्रबहादुर गुरुङ, सुश्री टिका गुरुङ, अर्जुन कुमार गुरुङ, महेश गुरुङ, खडगबहादुर गुरुङ, झुमबहादुर गुरुङ, लेप्टेनेन्ट. रि. थम प्रसाद गुरुङ, चन्द्रबहादुर गुरुङ र देबबहादुर गुरुङ मनोनयन गरिएको छ।
औपचारिक कार्यक्रमको अन्तमा नवनिर्बाचित तेस्रो कार्यसमितिका अध्यक्ष शिवशरण गुरुङले समारोहमा उपस्थित सबैलाई गरिमामय उपस्थिती र सहयोगको लागि हार्दिक धन्यबाद ज्ञापन गर्नु भएको थियो।धन्यबाद दिने क्रममा नवनियुक्त अध्यक्षले संस्थालाई अझ सबल, सुदृढ र समृद्ध बनउन आफु मन, बचन र कर्मले लागिरहने प्रतिबद्धता जाहेर गर्दै तमु धि लन्डन ईकाईको बर्तमान प्राथमिकता मैजुदा कार्यक्रमहरुको प्रभाबकारी संचालनको साथसाथै आजीवन सदस्यतामा अधिकतम बृद्दी गराई संस्थाको सामाजिक भवन खरिद गर्नको लागि आर्थिक सहयोग जुटाउने नै प्रमुख रहने बताउनु भएको थियो। वहाँले तमु धिं लण्डन इकाईलाई सरल, सहज र प्रभाबकारी ढंग बाट एउटा सबल, समृद्द र सम्मुन्नत समाजको रुपमा संस्थागत बिकास गर्न।समाजको बडो परिबर्तनकारि शक्ति युबा जगतको जोस, जाँगर र उत्साह लाई श्रृजनशिल कार्यमा रुपान्तरण गर्न र दिनदिनै बृद्धि भईरहेको बृद्द तथा जेष्ठनागरिकहरुको सुख, दुख: र अनुभबहरु एकअर्कामा आदन प्रदान गरि फुरसदको समयलाई आनन्द संग बिताउने एक उपयुक्त सामुदायिक थलो अथवा भवनको आबस्यकता र अपरिहार्यतालाई महसुस गरि तमु धिं लण्डन इकाईले एउटा कम्युनिटि रिक्रेसन भवन खरिद गर्ने पंञ्चबर्षिया योजना अघि सारेको अबगत गराउदै सामाजिक भवन खरिद परियोजनाको महान कार्यमा आर्थिक सहयोग पुर्याउन सबैलाई आग्रह पनि गर्नु भएको थियो।
मुप्रिल्होछार सेलेब्रेसन २०६८ कार्यक्रमको संचालन उदघोषकद्वय निरज गुरुङ र सुश्री स्वस्ती गुरुङले गर्नु भएको थियो। कार्यक्रममा पेय पदार्थको ब्यबस्थापन बुद्धि बहादुर गुरुङको संयोजनमा तमु धिं लण्डन इकाईको युव समुहले गरेका थिए र खानाको सम्पूर्ण बन्दोबस्त धरमबल गुरुङको संयोजनमा रारा नेपालीज एण्ड इन्डियन कुजिन रेस्टुरेन्टले गरेको थियो।
शिबशरण गुरुङ,
तमु धिं लण्डन इकाई