ARTICLES
तमु धिं लण्डन इकाईले वेम्बलीमा
ल्होछार पर्व २०६५ भब्यताका साथ मनाए।
वेम्बली/३ जनवरी २००९ बहुभाषिक ,बहुधार्मिक, बहुसांस्कृतिक एबं बहुजातीय समुदायको बासस्थान
भएको मुलुक नेपालको जनजातिहरु मध्ये एक तमु (गुरुङ ) जातिहरुले गत ३ जनवरीमा वेम्बलीको अल्पर्टनकम्यूनिटी स्कूलको सभाकक्षमा भब्यताका साथ 'ल्वोल्हो' ल्होछार पर्व २०६५ मनाएका छन्।
गुरुङहरुको सबैभन्दा महान र महत्वपूर्ण पर्व ल्होछार हरेक बर्ष पौष१५ गते पर्दछ।गुरुङहरुले यस दिन
लाई नयाँ बर्ष सुरु हुने दिनको रुपमा बडो धुमधाम सँग मनाउद छन्।नेपालमा पौष १५ का दिनमै ल्होछार
मनाउने गरेता पनि यहाँ लण्डनमा सबै कामकाजी र आ-आफ्नो उद्योग ब्यबसायमा ब्यस्त रहनु परेको
हुनाले सार्बजनिक बिदाको दिनपारी शनिबार ३ जनवरीको दिन लण्डनबासी सम्पूर्ण तमुहरुले यस बर्षको
ल्होछार पर्व मनाएका थिए।लण्डनबासी तमुहरु आफ्नो जातिय भेषभुषामा बेलुका पाँच बजे देखिनै ल्होछार
मनाउन हर्ष र उल्लासमया बातावरणमा सबै अल्पर्टन कम्यूनिटी स्कूलको पार्टीहलमा सबै भेला भएका
थिए।तमु धिं लण्डन इकाईले आयोजना गरेको उक्तल्होछार सेलेब्रेसन कार्यक्रमको प्रमुख अथिति बेलायतका लागि नेपालका राजदूत महामहिम मुरारिराज शर्मा र उहाँको धर्म पत्नी श्रीमती नीला शर्मा
कार्यक्रम स्थलमा आइपुगे पछि गुरुङ परम्परा र संस्कार अनुसार पञ्चकन्या हरुले वहाँहारुलाई खादा
लगाई स्वागत अभिबादन गरेकाथिए। त्यस पछि महामहिम राजदूत ज्युको बाहुली बाट पानसमा दियो
प्रज्वलन गरी ल्होछार कार्यक्रमको औपचारिक रुपमा सुभारम्भ गर्नु भएको थियो।
अनेकतामा एकता र धार्मिक सहिष्णुतामा आस्था राखने झण्डै पाँच सय जति तमुहरु र अन्य जातजातिको
उल्लेख्य उपस्थिति रहेको उक्त ल्होछार कार्यक्रममा तमु धिं लण्डन इकाईका अध्यक्ष चित्रबहादुर गुरुङ ले स्वागत मन्तब्य सहित सबैलाई स्वागत गर्नु भएको थियो।सो अवसरमा उपस्थित तमु जनसमुदाय र
बिशिष्ट अथितिगणमा ल्होछारको मंगलमय शुभकामना ब्यक्त गर्नु भएको थियो।
मन्तब्यमा अध्यक्षले भन्नुभयो " तमु हरुको महान ल्होछार पर्व जसले समाज लाई सत्य र सत्कर्मको बाटो
देखाउछ,जातिको संस्कृति ,संस्कार र सभ्यता झल्काउँछ ।अनेकतामा एकता र धार्मिक सहिष्णुतामा आस्था राख्नेतमुहरु समाजको बिकाश सँगसँगै रोजगारी लगायत बिभिन्न कारणहरु बाट बिदेसिने क्रम
बड्दो छ। लण्डनमा तमुहरुको संख्या बिगत तीन बर्षमा उलेख्य रुपमा बृद्धि भएकोछ। यो क्रम ले आफ्नो
पुरानो थलो, गाउँघर र सहरीकरण हुदै स्वदेश बाट टाढिदै हामी अहिले सहज जीवन को खोजीमा आधुनिक
शुबिधाहरुको उपभोग गर्दै लण्डनमा रमाइरहेका छौ,तर हाम्रो नयाँ पिँढीका सन्तानहरुले हाम्रो रिति,
रिवाज धर्म,संस्कार र संस्कृति को बारेमा जान्न र ज्ञान पाउन सकिरहेको छैनन् र लोप हुने क्रम बड्दै
गईरहेको छ।पे महश्य छ्या महामू , छ्या महश्य ल्हु महामू , ल्हु महश्य , म्ही महामू।
अर्थात परम्परा हराए शास्त्र हराउछ, शास्त्र हराए संस्कृति हराउछ, संस्कृति हराए जाति हराउछ।
यस भनाईलाई गहन रुपमा बिचार गरौं र हाम्रो परम्परा, संस्कार र संस्कृतिको जगेर्न गरौं । उहाँले अगाडि भन्नुभयो, बिदेसिनु हाम्रो रहर होइन हामी सबैको आआफ्नै ब्यगतिगत कारण हरु छन्,
पारिवारिक बाध्यताहरु छन् ।सामाजिक मूल्य र मान्यताका कुरा पनि पर्दछन्।बिदेसिनुपर्ने कारणहरु
जे सुकै भएपनि हामी स्वभिमानी नेपाली हौं ।लगनशील, परिस्रमी ,प्राकृति प्रेमी ,भाषा, संस्कृति र रीति रिवाजको दृष्ट्रिले समृद्ध र उन्नत तमुजाति हौं ।बिदेशमा रहनु परेतापनी देश प्रेमको भावनाले हामी सधै
ओतप्रोत छौं। नेपाली र तमु हुनुमा हामी गर्व गर्दछौं ।भाषिक एवं सांस्कृतिक पहिचानको जगेर्ना गर्दै नेपाली लोक संस्कृतिको उत्थान एवं विकासमायोगदानपुराउनहामीसधैंकटिबद्धरहन्छौ।स्वदेशको सर्बाङ्गिण
बिकासमा सधै शाहभागी बन्न चाहन्छौ र नयाँ नेपालको निर्माणमा प्रतक्ष रपरोक्षरुपमा योगदान गर्दै
आइरहेका छौ।हामी तमुहरु स्वदेश अथवा बिदेश जहाँ रहे पनि सामाजिक प्रतिभा र क्षमतालाई प्रस्फुटित
गराउनु र सबैलाई समान अवसर प्रदान गर्नु नै लोकतन्त्र र प्रजातन्त्रको मूलमन्त्र हो भन्नेमा बिस्वाश राख्दछ।मुलुकको समग्र बिकाशको लागि प्रत्येक समुदाय एबं जनजातिहरुको सन्तुलित प्रगति, उनीहरुको
ज्ञान, सीप र क्षमताको परिचालन गराउनु पनि नयाँ नेपाल निर्माण गर्नुमा त्यतिकै अपरिहार्या छ।हामी जहाँ,
जुनसुकै स्थितिमा रहेता पनि तमुजाति र नेपाली पहिचानलाई बिश्वभर परिचित र स्थापित गराउन मेहनेति ,
परिश्रमी, लगनशील भई कर्म गरौं ,शीप र ज्ञान आर्जन गरौं, साथ साथै बैदेसिकमुद्रा आर्जन गरी स्वदेशमा
रिमिटेन्स भित्र्याएर रास्ट्रिय अर्थतन्त्रमा टेवा पुराऔं।समृद्धर समुउन्नत नेपालको सिर्जना गर्न बिदेश बाटै हामीसबैले योगदान गरौं " भन्ने अध्यक्ष चित्रबहादुर गुरुङको आग्रह थियो।त्यस पछि इकाईका
महासचिब प्रेम गुरुङ्गले तमु धी लण्डन इकाईको बार्षिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो। प्रतिबेदनमा संस्थाले गत १६ महिना भित्र गरेका क्षेत्रिय र अन्तरास्ट्रिय क्षेत्रमा संस्थाले गरेको योगदान प्रस्टाउनु भयो।वहाँले आफ्नो प्रतिबेदनमा भन्नु भयो ......आज धेरैबर्ष पछि हामीलाई आफ्नै आँगनमा ल्होछार
मनाउन पाउँदा अतिनै हर्ष लागेको छ।यो सबै हामी गुरुङहरुको एकता र बिश्वासले गर्दा सम्भब भएको हो।त्यसैले हामी तमु धिं लण्डन सबै क्षेत्रका गुरुङहरु एक हुनलाई आहवान गर्दछौ।जसले गर्दा यो बिदेशमा पनि हामीले हाम्रो संस्कृति, परम्परा, भाषा, भेषभुषाको संरक्षण गर्न सकौ, अनि मात्र यहाँ लण्डनमा हाम्रो गुरुङ समाजको उन्नति र प्रगति हुनेछ।
उक्त औपचारिक कार्यक्रममा महामहिम राजदूत ज्यु ले पनि मन्तब्य राख्नु भएको थियो।वहाँले उपस्थित
गुरुङ जनसमुदाय लाई दुइटा बुँदामा प्रकाश पर्नु भएको थियो र मन्तब्यको क्रममा उहाँले भन्नुभयो-"बेलायतमा गुरुङ दाज्यु भाई, दिदीबहिनीहरुले प्राप्त गरेका ज्ञान, सीप र अनुभब बाट नेपालले सिक्ने धेरै
कुराहरु छन् ।त्यसैले आफूले जानेका कुराहरु आफूमा मात्रै सिमित नराखौ, हाम्रा दाज्यु भाई , साथी भाई
हरुरआफ्नो क्षेत्रको प्रतिनिधित्व गर्ने संबिधान सभाका सदस्यहरुलाई हाम्रो भावना, हाम्रो ज्ञान रहाम्रो अनुभव को
बारेमा बताउँ , सुनाउँ ,फोन गरौ , लेखौं र जानकारी अबस्यै गराऔ त्यो गर्यौं भने मात्रै एउटा राम्रो संबिधान
बनाउन हामी सफल हुनेछौ ,एउटा लोकतान्त्रिक संबिधान जसले नयाँ नेपालको सिर्जना गर्नेछ, जुन नयाँ
नेपालमा सबैजातजाति, सबै धर्मावलम्बी, सबै भाषाभाषीहरुको अधिकार संरक्षित रहने छ, सुरक्षित रहने छ र हामी
सबै एक जुट भएर अनेकताको बीचमा एकभएर हाम्रो मुलुकलाई अगाडि बढाउन सक्षमहुने छौ"।
मन्तब्यको अर्को बुंदामा उहाँले भन्नुभयो" हाम्रो यहिको कम्यूनिटी लाई पनि हामीले बलियो बनाउन नितान्त
जरुरी छ।यो मुलुकमा बस्नुलाई र बलियो हुनुको लागि पढ्नै पर्छ ,उद्योग धन्दामा लाग्नै पर्छ ,बन्दब्यापार
गर्नैपर्छ, सीप हाँसिल गर्नैपर्छ र त्यतिमात्रै होइन,हामीले पाएको ज्ञान हामीले हाँसिल गरेको अनुभव लाई
उपयोग गरेर हामीलाई एउटा कम्यूनिटीको रुपमा बलियो र अझ बढी कोहिसिप बनाउने प्रयास गर्नै पर्छ ।
त्यसमा हाम्रा गुरुङ्गकम्यूनिटी तमु धिं यु के र अन्य इकाईहरुले पनि नेतृत्वकारी भूमिका खेल्नु हुनेछ भन्ने
कुरामा मलाई बिस्वास छ र म आग्रह पनि गर्दछु।यहाँ हरुले लिडर्सिप लिनुहोस किनभने बेलायत को कुरा
गर्दा खेरी हाम्रो गुरुङ दाज्यु भाई,दिदीबहिनीहरु सबभन्दा ठूलो संख्यामा हुनु हुन्छ, तपाईहरुले लिडरसिप
लिने च्यालेन्ज अगाडि आइपरेको छ र तपाईहरुले यो गर्न सक्नु हुनेछ भन्ने मलाई बिश्वास छ।हामी सबै
मिलेर नेपाल बनाउने निरन्तर प्रयास गरौं र हामी सबै मिलेर हाम्रो नेपाली कम्यूनिटी र हामी सबै मिलेर
हाम्रो गुरुङ कम्यूनिटीलाई बेलायतमा ससक्त, सबल र उन्नतिसिल बनाउन लागि परौ भन्ने उहाँको आग्रह
थियो"।मन्तब्यको अन्तमा उपस्थित सबैलाई गाईको बर्ष (ल्वो ल्हो ल्होछार) को पावन अवसरमा यो बर्ष
गाईको बर्ष, गाई शान्ति यूक्त प्राणीहो, जसले हामीलाई दुध दिन्छ गोबर दिन्छ,जोत्नको लागि गोरु दिन्छ, जमिन उर्बर गराउनको लागि मल दिन्छ रअप्ठेरो परेको बेलामा पुच्छर समातेर मुक्ति पनि दिन्छ।
गाईको बर्ष ले हामी सबैलाई नयाँ प्रेरणा, नयाँ उत्साह र नयाँ जागरण दिनेछ भन्नेमा बिस्वास राख्दै हरेक
क्षेत्रमा उन्नति होस, ब्यापारमा उन्नति गर्नु होस ,सब भन्दा ठूलो उद्यमी बन्नुहोस, सबभन्दा ठूलो ब्यापरी बन्नु
होस भन्ने शुभकामना महामहि मराजदूत ज्यु ले ब्यक्त गर्नु भयो।कार्यक्रममा यसबर्ष बिभिन्न बिधा र शिक्षण
क्षेत्रमा उपलब्धि हाँसिल गरेका बौद्यिक ब्यक्तित्व,बिद्यार्थी र समाजमा ठूलो योगदान गर्नुभएका ब्याक्तित्व
हरुलाई सम्मान र प्रसंसा पत्र बितरण गरिएको थियो।यही कार्यक्रममा तमु धिं यू केका निबर्तमान अध्यक्ष
मेजर रि. लाल बहादुर गुरुङ लाई लण्डन इकाईको तर्फ बाट चिनो प्रदान गर्ने कार्यक्रम रहेको थियो।तर
बिशेष कारण बस उहाँ उपस्थित हुन नसकेकाले उहाँको प्रतिनिधिको रुपमा तमु धिं यू केका संस्थापक
अध्यक्ष मिन गुरुङ लाई तमु धिं लण्डन इकाईका अध्यक्ष चित्रबहादुर गुरुङले इकाईको "प्लेक" चिनो
स्वरुप प्रदान गर्नु भएको थियो।शिवशरण गुरुङ्ग संयोजक रहेको उक्त ल्होछार सेलेब्रेसन कार्यक्रममा एनआरएनका अध्यक्ष डम्बर घले तमु धिं यूकेका प्रमुख सल्लहाकार डा. चन्द्रबहादुर गुरुङ, बरिस्ठ सल्लाहकार ,
महेश गुरुङ, सल्लाहकारहरु खुसिमान गुरुङ, दीपक गुरुङ, तमु धिं युकेका अध्यक्ष शुबाशसिंग गुरुङ,
संस्थापक अध्यक्ष मिन गुरुङ, तमु धिं युकेका महासचिब सूर्या गुरुङ, चार भाञ्ज्याङका अध्यक्ष नारायण
प्रशाद गुरुङ, जी डब्लु एसका अध्यक्ष बिष्णु थापा, नोर्थ वेस्ट कलेज अल्पर्टनका निर्देशक महेन्द्र कंडेल र अधिबक्ता राजु थापाको बिशेषउ पस्थितिथियो।ल्होछार कार्यक्रमको प्रमुख आकर्षण र प्रतीक्षाको बिषय
नेपाल बाट आउनु भएको ख्यातिप्राप्त पपगायक कलाकार द्वया धीराज राई र अन्जना गुरुङ रहेका थिए।
धीराज राई र अन्जना गुरुङले पप र आधुनिक नेपाली गीतहरु गाएर उपस्थित सबै दर्शकहरुलाई मन्त्र
मुग्ध बनाएका थिए। यसको साथ साथै तमु धिं लण्डन इकाईका संस्कृतिक सचिब गगन गुरुङको कोरियोग्राफीमा तयार
पारिएको तमु संस्कार र संस्कृतिक झल्काउने स्थानीय कलाकारहरुको नृत्यले दर्शक हरुलाई
भरमग्दुर मनोरञ्जन गराएको थियो।कार्यक्रमको अन्तिम चरणमा पपगायक धीराज राईको "नशालु नशालु
ती आँखाहरु" को गीतले सबै दर्शकहरुलाई स्टेजमा उफ्रीउफ्री नचाएका थिए।ल्होछार सेलेब्रेसनमा
खानाको ब्यबस्थापन "एभरेस्ट तन्दूरी रेस्टुरेन्ट बन्टोक" ले गरेको थियो। साउण्ड सिस्टम र त्यसको
ब्यबस्थापन तमुधी लण्डन इकाईका महासचिब प्रेम गुरुङले निशुल्क उपलब्ध गराउनु भएको थियो ।
कार्यक्रमको सञ्चालन उद्घोषक द्वया सुश्री सञ्जु घले र स्वस्ति गुरुङले गरेका थिए।कार्यक्रममा उद्घोषक द्वयालाई प्रशंसापत्र तमु धि लण्डन इकाईका उपाध्यक्ष श्रीमति रेनुमाया गुरुङले बितरण गर्नु भएको थियो। सांगीतिक र नृत्यटोलीलाई तालिम गर्दा भवन उपलब्ध गराएकोमा अल्पर्टनको नोर्थ वे स्ट कलेज लाई संस्थाका अध्यक्ष तथा ल्होछार आयोजक समिति हार्दिक धन्यबाद सहित आभार प्रकट गर्दछ।
शिबशरण गुरुङ
