ARTICLES


श्री पञ्चकोशी (आर्थर डाँडाखर्क) समाज युकेको चौथो बार्षिक भेला सम्पन्न १७ लाख रुपैयाँको आर्थिक सहयोग ।


२३ जुलाई रेडिङ/ श्री पञ्चकोशी (आर्थर डाँडाखर्क) समाज युकेको चौथो बार्षिक भेला गत २३ जुलाई २०११का दिन द वेरहाउस पार्टिहल रेडिङमा भब्यताका साथ सम्पन्न भयो।बेलायत सरकारले पुर्ब गोर्खा सैनिक र तिनका परिवारलाई आवसीय अधिकार प्रदान गरे पछि बिगत केहि बर्ष यता आर्थर डाँडाखर्कबासीहरुको बेलायत आगमन पनि निक्कै बृद्दि भएको छ। यहि बृद्धिलाई दृष्टिगत गरी संयुक्त अधिराज्य बेलायतको बिभिन्न ठाउँहरुमा बिभिन्न पेशा अँगालेर बसोबास गरिरहेका एउटै संस्कृति, एउटै परिबेश र एउटै गाबिसका सम्पूर्ण आर्थर डाँडाखर्कबासीहरुलाई एउटै थलोमा समेटी आपसी समजदारी, सदभाव र सहयोगको भावनात्मक बिकास गरी एकताको शुत्रमा आवद्ध भई भाबि शन्ततीहरुलाई आर्थर डाँडाखर्क गाउँको चिनारी र आर्थर डाँडाखर्कबासीको पहिचानलाई बेलायतमा सधै दिगो र जिवन्तता राखने यशपूर्ण मार्ग सुनिस्चित गर्नुको साथै आफ्नो गाँउ ठाँउको बिकासमा सहयोग गर्ने, नेपालीको भाषा, संस्कार र संस्कृतिको संरक्षण र सम्बर्द्धन गर्ने उदेश्य लिई श्री पञ्चकोशी (आर्थर डाँडाखर्क) समाज युके स्थापना गरिएको हो। १२ जुलाई २००८मा स्थापना भएको यस श्री पञ्चकोशी (आर्थर डाँडाखर्क) समाज युकेले चौथो बर्षमा प्रबेस गरेको छ।र संस्थागत रुपमा बिकास हुदै आगाडि बढने क्रममा लागिरहेको छ।
नेपालको पश्चिमअञ्चल क्षेत्र गण्डकी र धवलागिरी अञ्चलको दोसाँझमा पर्बत, काश्की र स्याँङजाको सिमानामा अवस्थित, समुद्र सतह देखि झण्डै २५०० मिटर उचाईमा रहेको पबित्र तपोभूमी रमणीय पञ्चासे डाँडको दक्षिण पस्चिम काखमा रमणीय आर्थर डाँडाखर्क गाउँ पर्दछ।झण्डै कुल क्षेत्रफल १४४६ हेक्टर भूमी ओगटेको र ८५०० जति कुल जनसंख्या रहेको आर्थर डाँडाखर्क गाबिस धवलागिरी अञ्चलको पर्बत जिल्लामा पर्दछ। धार्मिक, संस्कृतिक, पर्यटकिय र जैबिक बिभिदताको दृष्टिले अत्यन्तै महत्वपुर्ण भूमी पञ्चासेलाई सिर बनाएर यसैको दक्षिण पस्चिम भेगमा अवस्थित रहेको आर्थर डाँडाखर्क गाँउको पूर्बमा स्याँङजा जिल्लाको बाङसिङ देउराली गाबिस र काश्कीको भदौरे देउराली गाबिस पश्चिममा पर्बत जिल्लाकै पकुव गाबिस उत्तरमा काश्कीको राँपु राम्जा चित्रे गाबिस र दक्षिणमा पर्बतकै खौला लाँकुरी गाबिस र स्याँङजाको बिचारी चौतारी गाबिस यसको सिमाना पर्दछ।मुख्यगरी यहाँ ८ थरका बिभिन्न जात जातिको बसोबास गरिने भएको हुनाले यसलाई जन जिब्रो बाट सजिलोको निम्ती आर्थर भनिने गरिएको हो।आर्थर लाई गुरुङ भाषामा प्रेथर भनिन्छ।
गुरुङको बाहुल्यता भएको बस्ती बिगतमा त्यति सुगम नमानिने गाँउ भएतापनि बर्तमानमा पोखरा देखि दुईवटा ग्रमिण सडक संजालले जोडिएको सुगम गाँउको रुपमा चिनिन्छ।प्राथमिक स्वास्थ्य चौकी, प्लस टु सम्मको पढाई हुने उच्च माध्यमिक बिधालय, पुस्तकालय, खाने पानिको शुबिधा र भर्खरै जडान भैरहेको ग्रमिण बिधुत प्रसारण लाईनले गाँउमा बिकासको सम्भावनहरु निकै बढेको छ।धार्मिक स्थलको रुपमा पञ्चासेको बिकास र ग्रमिण पर्यटनमा होम स्टेको अवधारणालाई अगाडी बढाउन आवस्यक पुर्वधारको बिकासमा कामहरु भैरहेका छन् ।
आर्थर डाँडाखर्क गाबिसका मानिसहरु परिश्रमी र कर्मठ छन।यहाँका मानिसहरु मुलत कृषि र पशुपालनमा आश्रित रहेता पनि बिगतमा पारिवरिक र आर्थिक समस्यका कारण उलेख्य संख्यामा भारातीय र बेलायती सेनामा कार्यारत रहनुपरेका आर्थर डाँडाखर्कबासीहरु बर्तमानमा आधुनिकता, भौतिक सुबिधा र सहज जीवनको खोजिमा शहरीकरण हुदै सामाजिक मुल्य र मान्यताका कारणहरुले धेरैनै संख्यमा बैदेशिक रोजगारको लागि संसारको बिभिन्न मुलुकहरुमा पलायन भैरहेका छन।यहि क्रममा बिदेशिएका आर्थर डाँडाखर्कबासीहरुको संख्या बिगत केहि बर्ष यता बेलायतमा पनि निक्कै बृद्दि भएको छ। हाल अर्थर डाँडाखर्कबासीहरु झण्डै ७७ घर परिवारका १८०बयस्कहरुको सदस्यता संख्या र ८०घर चेलिबेटी र तिनका परिबारहरु बेलायतको बिभिन्न क्षेत्रमा बिभिन्न पेसामा संलग्न छन।
सभ्यता र बिकासको चुलीमा पुगेको बेलायतमा रहेरपनि आर्थर डाँडाखर्कबासीलाई सधै स्वदेस र आफ्नै गाँउघरको मायाले पिरोलिरहेको हुन्छ र गाउँ घरको सम्झना र त्यसैको सेरो फेरोको कुराकानीमै रमाउने गर्दछ।ब्यस्त कामको प्रकृति, फराकिलो भौगोलिक अवस्थामा रहेरपनि बेलायत भरि छरिएर रहेका सबै आर्थर डाँडाखर्कबासीहरु बर्षमा एक पटक एक ठाँउमा भेला भई भुतकालका आफ्नो स्वदेस नेपाल र गाँउघरको, लेक बेसी, बनपाखा, पधेरो, देउराली र भाङज्यङहरुमा भोगेका दिनचर्यहरुको कुराकानी बाट अतितका पानाहरु पल्टाउदै आफ्नो गाँउ ठाँउ सम्झने, बर्तमानमा बेलायतमा भोगिरहेका सुख दुख:का अनुभवहरुको आदान प्रदान गर्ने र भबिस्यमा आफ्नो गाँउ ठाँउमा गर्न सकिने सहयोग र बिकासका लागि आवश्यक छलफल गरी सम्भब भएका योजनाहरुको तर्जुमा गर्ने गर्दछ।
झण्डै ३००जनाको उपस्थिति रहेको उक्त बार्षिक भेलाम श्री पञ्चकोशी (आर्थर डाँडाखर्क) समाज युकेको पदाधिकारीहरु, सदस्यहरु र तिनका परिवारहरु साथै आर्थर डाँडाखर्क गाँउको बेलायतमा रहेका चेलिबेटी र तिनका परिवारहरुको सहभागिता थिए।भेलामा श्री पञ्चकोशी (आर्थर डाँडाखर्क) समाज युकेको अध्यक्ष शिवशरण गुरुङले स्वागत मनतब्य राख्दै उपस्थित सबैलाई हार्दिक स्वागत गर्दै धन्यबाद ज्ञापन पनि गर्नुभएको थियो।मन्तब्यमा वहाँले सहभागि सबैलाई आर्थर डाँडाखर्कबासीको पहिचान लाई मुलुक बाहिरा बेलायतमा पनि स्थापित गर्दै भाबि पुस्ताहरुमा हस्तान्तरण गर्नु सबैको दायित्व हो र समाज बाट के पउन सकिन्छ नभनी समाजलाई के दिन सकिन्छ भन्ने भवना लिई यथा सक्य समाजमा सहयोग गरिदिन सबैमा अग्रह गर्नु भयो।
हामी सर्ब सम्पन्न बिकसित राष्ट्रमा बसेका छौ ।धेर थोर सबैले आर्जन गरेका छौ बिषेसगरी समाजमा आधा आकास ओगटेका महिला दिदिबहिनीहरुले आर्थिक आर्जनमा निक्कै उन्नति गरेको छ। नेपालमा रहदा घरखर्च गर्नु पर्दा सधै श्रीमान को हात र मुख चियाउनु पर्ने दिदिबहिनीहरु पर निर्भर बाट मुक्तभइ परिवारमा ठुलो आर्थिक सहयोग गर्न सफल भएका छन। कामको ब्यस्तताको बाबजुद सुकिलो र मुलायम पहिरन पहिरेर पेटभर खाईनै रहेका छौ तर हाम्रा आफन्तजनहरु बिकासशिल तेस्रो बिस्वका मुलुक हाम्रो देशमा थुप्रै अभाबै अभाबहरु बीच जीवन यापन गरिरहेका छन।राज्यले जनताका लागि आधारभुत अति आबश्यकताका कुरहरु पनि उपलब्ध गर्न नसकिरहेको अवस्थामा हामीले हम्रै समाजको लागि हामीले सकेको केहिन केहि गर्नै पर्ने हामी सबैको दायित्व रहेको अध्यक्षले बताउनु भयो।
श्री पञ्चकोशि (आर्थर डाँडाखर्क) समाज युकेका सदस्यहरु र चेलिबेटीहरुले पोखरामा निर्माणधिन आफ्नो गाउँको पञ्चकोशी बहुउद्देशीय समाज भवन निर्माणमा ठुलो आर्थिक सहयोग गर्न सफल भएकोमा गर्व गरेका छन्। पोखरा उपमहानगरपालिका वर्ड नं. १० रंगशाला अगाडि आनि गुम्बा परिसरमा आफ्नै जग्गा खरीद गरी बिस्तृत डिजाईन नक्सा पास गरी निर्माण गरिएको पञ्चकोशी बहुउद्देशिय भवनको साडे ३ तला पुरा भएपनि झण्डै एक करोड अनुमानित लागतमा निर्माणधिन उक्त भवनको फिनिसिङ कार्यको लागि दाताहरु बाट थुप्रै आर्थिक सहयोग चाहिने उल्लेख गरेका छन्। श्री पञ्चकोशी (आर्थर डाँडाखर्क) समाज पोखराको अथक प्रयास र सबै शुभचिन्तकहरुको सहयोग, सदभाव र प्रेरणाको प्रतिमुर्तिको रुपमा यो पञ्चकोशी बहुउद्देशीय भवन खडा भएको छ।
श्री पञ्चकोशी (आर्थर डाँडाखर्क) समाज पोखराको बहुउदेश्यीय भवन निर्माणमा बेलायतमा बसोबास गरिरहेका आर्थर डाँडाखार्कबासी श्री पञ्चकोशि (आर्थर डाँडाखर्क) समाज युकेका सदस्यहरु र चेलिबेटीहरुबाट १७(सत्र) लाख भन्दा बढि आर्थिक सहयोग उपलब्ध गराउन सफल भएकोमा हर्ष प्रकट गर्दै सम्पुर्ण सदस्यहरु, चेलिबेटी र जुवाईहरुलाई समाजका अध्यक्षले आभार सहित हार्दिक धन्यबाद ब्यक्त गर्नुभयो र समाजका जेष्ठ नागरिक क्यप्टेन रि. बलबहादुर गुरुङले चन्दा दाताहरुलाई पोखरा बाट प्राप्त गरेको कदर पत्र र खादा बितरण गर्नु भएको थियो। उक्त भेलामा अध्यक्ष शिवशरण गुरुङले श्री पञ्चकोशि (आर्थर डाँडाखर्क) समाज पोखरा बाट बार्षिक भेलाको पवन अवसरमा प्राप्त भएको शुभकामना सन्देश र समाज भवन निर्माणमा बेलायतबाट आर्थिक सहयोग गर्नुभएका ४२जना चन्दादाताहरुको नामावली पढेर सुनाउनु भयो।साथसाथै श्री पञ्चकोशि (आर्थर डाँडाखर्क) समाज पोखरा समाज भवन निर्माणको आर्थिक गतिबिधि बारे पनि संक्षिप्त जानकारी पनि गराउनु भयो।भेलामा उपस्थित सबै महानुभाबहरुलाई ज-जस्ले यस समाज भवन निर्माणको को पुण्य कार्यमा आर्थिक सहयोग गर्ने अवसर प्राप्त नगरेकाहरुलाई आर्थिक सहयोग गरिदिन बिनम्रताका साथ हार्दिक अपिल गरेका थिए।फलस्वरुप उक्त अवसरमै आर्थरे चेलिबेटी तथा जुवाई समुह र सदस्यहरुबाट ५जना क्रमश: पर्वत दुरलुङ घर भई हल बेलायत स्विनडन बस्नुहुने श्री गोपाल गुरुङ र वहाँको पत्नि श्रीमती महासिरी गुरुङले हालसम्मको सर्बाधिक उच्च आर्थिक सहयोग रकम एक लाख बीस हजार एकसय पन्ध्र रुपैयाँ), काश्की चित्रे घर भई हाल बेलायत अल्डरसोट निवसि श्री धनबहादुर गुरुङ र वहाँको पत्नि श्रीमती सन्त देवी गुरुङले एकाउन्न हजार रुपैयाँ आर्थिक सहयोगको घोषणा गर्नु भएको थियो।यस्तैगरी स्याँङजा ठान भङारा घर भई हाल अल्डरसोट बस्नुहुने श्री झमान सिङ गुरुङ र वहाँको पत्नि श्रीमती जुम कुमारी गुरुङ बाट पच्चीस हजार पाँचसय पाँच रुपैयाँ, स्याँङजा गल्याङ घर भई हाल अल्डरसोट निवसि श्री दिल बहादुर गुरुङ र वहाँको पत्नि श्रीमती ईन्द्र कुमारी गुरुङ बाट तिस पाउन्ड र पर्वत आर्थर डाँडाखर्क घर भइ हाल जरमनी बाट भेलामा सहभागी बन्न आउनु भएका भद्र प्रकाश गुरुङ र वहाँको पत्नि श्रीमती पुजा गुरुङले पाँचसय युरो श्री पञ्चकोशी (आर्थर डाँडाखर्क) समाज पोखराको बहुउदेश्यीय भवन निर्माणका लागि आर्थिक सहयोग प्रदान गर्नुभएको थियो। भेलामा अध्यक्षले समाजमा महिला हरुको सहभागिता र परिबर्तनकारी शक्तिको रुपमा चिनिने युवहरुको भुमिका बारे पनि प्रकाश पार्नु भएको थियो।
श्री पञ्चकोशी (आर्थर डाँडाँखर्क) समाज युकेको चौथो बार्षिक भेलामा मनोरंजन गराउन र समाजको कोष लाई सबल बनाउन महासचिब रामचन्द्र गुरुङ्गको संयोजकत्वमा राफल ड्र पनि सन्चालन गरिएको थियो।राफल ड्र प्राईजहरुको प्रायोजन क्रमश: कमल गुरुङ, क्यप्टेन रि. कृष्णप्रसाद गुरुङ, खडगबहादुर गुरुङ, रामचन्द्र गुरुङ, भागिराम गुरुङ, शालिग्राम गुरुङ, शिबशरण गुरुङ र बिशाल गुरुङले गरेका थिए। राफल ड्र को प्रथम पुरस्कार सुश्री सन्जिता गुरुङले जित्नु भएको थियो।
यस भेलाम सहभागी सम्पूर्ण श्री पञ्चकोशि (आर्थर डाँडाँखर्क) समाज यु केका सदस्यहरु र चेलिबेटी र तिनका परिवारहरुले बिभिन्न परिकारका भोजन र पेय पदार्थ सेवन गर्दै प्रतक्ष दोहोरी गीत तथा सांगितिक प्रस्तुतिको मज्जा लिएका थिए।साउन्ड सिस्टमको ब्यबस्थापन गर्नु भएका टंक शेरचनले बाँसुरीको धुन बजाई सबै लाई मुग्ध बनएका थिए।दोहोरी कलाकारहरु टोप थापा, गिरीप्रसाद गुरुङ, सुश्री प्रतिक्ष घिमिरे, सुश्री निमुसिङ, बाद्यबादनमा सुर्य पुर्जा र मोति बाबु केसीलाई समाजका तर्फबाट प्रसंसा पत्र पनि दिएका थिए। भेलामा भोजन, पेया पदार्थ र दोहोरी गीत तथा संगीतिक कार्यक्रमको ब्यबस्थापन काजि गुरुङ र गोबिन्द गुरुङको संयोजकात्वमा रेडिङको गोर्खा स्क्वायर तन्दुरी रेस्टुरेन्टले गरेका थिए। बार्षिक भेलाको खर्चमा श्रीमती मईता गुरुङ, श्रीमती ईश्वरी देवी गुरुङ र चेली श्रीमती पम्फा गुरुङ र हेमा गुरुङले बिभिन्न शिर्षकको खुसियालीमा थप आर्थिक सहयोग गरेका थिए। महासचिब रामचन्द्र गुरुङले संचालन गरेको कार्यक्रमको अन्तिम चरणमा सबैले आफुखुसीको नृत्य नाचेर भरमग्दुर मनोरंजन गरेका थिए। कार्यक्रममा फोटोग्राफर बिश्व गुरुङ र भिडिओग्राफी जुवरिलाल गुरुङले गर्नु भएको थियो। दिउसो मध्यन्न १२ बजे सुरु भएको कार्यक्रमको निर्धारित समय अवधि सकिए पछि घर फर्कन मन नलाई नलाई अर्को पटक फेरि भेट्ने बाचा गर्दै बेलुकि ८:३० बजे भेला स्थलबाट सबै प्रस्थान भई सम्पूर्ण कार्यक्रमको अन्त भएको थियो ।

शिबशरण गुरुङ