ARTICLES


shivakumar

नेपाली मेला २०११को एम्बेसडर कप तमु धिं लन्डन इकाईले जित्यो।


रिचमोन्ड लण्डन/२८ अगष्ट - हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव, हाम्रो नेपाली मेला भन्ने नाराका साथ नेपाली कला, संस्कार र संस्कृतिको संरक्षण र सम्बर्द्धन गर्ने, नेपाली कला, संस्कृति र पहिचानलाई मुलुक बाहिरा परिचित गराउने, नेपाल पर्यटनको प्रबर्द्धन गर्ने, बेलायतमा रहेको नेपाली समुदायका बिभिन्न संघ संस्था र समाजहरु बिच पारस्परिक सम्बन्धलाई सबल र सुमधुर बनाउने र नेपाली कलाकारहरुको प्रतिभाहरुलाई प्रदर्शन र बिकास गराउने मुख्य उदेश्य लिई प्रत्येक बर्ष तमु धिं एसोसिएसन युकेले आयोजना गर्ने रमाईलो नेपाली मेला २०११ गत अईतबार २८ अगष्टका दिन सरे स्थित रिचमोन्ड एथलेटिक्स एसोसिएशनको मैदानमा भव्यताकासाथ् सम्पन्न भयो। उक्त नेपाली मेला २०११मा गत बर्षको बिजयी टिम तमु धिं रेडिङ इकाईलाई उच्छिनेर तमु धिं लण्डन इकाईले उत्कृष्ट झाँकी र नृत्य प्रदर्शन गरी पहिलो स्थानमा यस बर्षको एम्बेसडर कप र नगद पुरस्कार ६००पाउन्ड जितेको छ। एम्बेसडर कपको दोश्रो स्थान तमु धिं रेडिङ ईकाई र तेश्रो स्थान किरांत याक्थुङ चुम्लुङले हात पारेका थिए। दोश्रो र तेश्रो हुनेलाई ४०० र २०० पाउन्ड नगद तथा प्रशंसापत्र प्रदान गरीएको थियो।


Read More....

श्री पञ्चकोशी (आर्थर डाँडाखर्क) समाज युकेको चौथो बार्षिक भेला सम्पन्न १७ लाख रुपैयाँको आर्थिक सहयोग ।


२३ जुलाई रेडिङ/ श्री पञ्चकोशी (आर्थर डाँडाखर्क) समाज युकेको चौथो बार्षिक भेला गत २३ जुलाई २०११का दिन द वेरहाउस पार्टिहल रेडिङमा भब्यताका साथ सम्पन्न भयो।बेलायत सरकारले पुर्ब गोर्खा सैनिक र तिनका परिवारलाई आवसीय अधिकार प्रदान गरे पछि बिगत केहि बर्ष यता आर्थर डाँडाखर्कबासीहरुको बेलायत आगमन पनि निक्कै बृद्दि भएको छ। यहि बृद्धिलाई दृष्टिगत गरी संयुक्त अधिराज्य बेलायतको बिभिन्न ठाउँहरुमा बिभिन्न पेशा अँगालेर बसोबास गरिरहेका एउटै संस्कृति, एउटै परिबेश र एउटै गाबिसका सम्पूर्ण आर्थर डाँडाखर्कबासीहरुलाई एउटै थलोमा समेटी आपसी समजदारी, सदभाव र सहयोगको भावनात्मक बिकास गरी एकताको शुत्रमा आवद्ध भई भाबि शन्ततीहरुलाई आर्थर डाँडाखर्क गाउँको चिनारी र आर्थर डाँडाखर्कबासीको पहिचानलाई बेलायतमा सधै दिगो र जिवन्तता राखने यशपूर्ण मार्ग सुनिस्चित गर्नुको साथै आफ्नो गाँउ ठाँउको बिकासमा सहयोग गर्ने, नेपालीको भाषा, संस्कार र संस्कृतिको संरक्षण र सम्बर्द्धन गर्ने उदेश्य लिई श्री पञ्चकोशी (आर्थर डाँडाखर्क) समाज युके स्थापना गरिएको हो। १२ जुलाई २००८मा स्थापना भएको यस श्री पञ्चकोशी (आर्थर डाँडाखर्क) समाज युकेले चौथो बर्षमा प्रबेस गरेको छ।र संस्थागत रुपमा बिकास हुदै आगाडि बढने क्रममा लागिरहेको छ।


Read More....


तमु धिं लण्डन इकाई को प्रथम बार्षिकोत्सब सम्पन्न।


तमु धिं लण्डन इकाई को प्रथम बार्षिकोत्सब सम्पन्न। वेम्बली - जुलाई १९९७ साल पछि अवकास प्राप्त भएका भुतपुर्ब ब्रिटिश गोरखा सैनिक र तिनका परिवारलाई बेलायतमा स्थाइ बसोबास गर्ने अनुमति ब्रिटिश सरकार ले प्रदान गरेकाले बिगत केही बर्ष भित्र नेपालीहरुको संख्या बेलायतमा उल्लेख्य मात्रामा बृद्धि भएको छ। बृटिश गोरखा शेनामा निकै ठूलो बहुल्यता रहेको तमु (गुरुङ) हरुको संख्या पनि बेलायतमा निक्कै बृद्धि भएको छ।यही तीब्र रुपमा बृद्दी भइरहेको तमु (गुरुङ) जन घनत्व लाई द्रिष्टिगत गरी तमु धी एसोसिएसन युकेको 'लण्डन इकाई' को रुपमा, उत्तर पस्चीम लण्डन को बिभिन्न भागमा बिभिन्न पेशा अंगालेर स्थाइ तथा अस्थाइ बसोबास गरिरहेका नेपालको आदिबाशि जनजातिहरु मध्ये एक, तमु (गुरुङ) जातिका सम्पूर्ण तमुहरुलाई एउटै थलोमा समेटी आपसी समाजदरी, सद्‍भावना र सहयोगको बिकास गरी भावनात्मक एकताको सूत्रमा आबद्द गरी मन, बचन र कर्माले सामाजिक र कल्याणकारी कार्यहरु गर्नुको सथै तमु भाषा, धर्म, संस्कार र संस्कृतिको संरक्षण र सम्बर्धन गरी भाबी सन्ततीहरुमा तमु पहिचानको जीवन्तता र याशपूर्ण मार्ग सुनिस्चित गर्ने उदेस्या लिई गत साल सेप्टेम्बरमा स्थापन भएको 'तमु धी लण्डन इकाई'ले एक बर्ष पूरा गरी दोस्रो बर्षमा प्रबेस गरेको छ।यही पवन अवसरमा गत ७ सेप्टेम्बरका दिन अल्पर्टन हउस, वेम्बलीमा तमु धी लण्डन इकाईले प्रथम बार्षिकोत्सब एक बिशेस सभा आयोजना गरी सम्पन्न गरियो।


Read More....


वेम्बली लेडिज नाइट भब्यताका साथ सम्पन्न


वेम्बली/ शनिबार ८ नोभेम्बर २००८ तमु धिं लण्डन इकाईको आयोजनमा वेम्बली, अल्पर्टन कम्युनिटी स्कूलको पार्टी हलमा " वेम्बली लेडिज नाइट" भब्यताका साथ सम्पन्न भयो।  वेम्बली क्षेत्रमा बसोबास गरिरहेका सम्पूर्ण नेपाली महिलाहरु र युगल जोडीको लागि आयोजना गरिएको  यस लेडीज नाइटको  प्रमुख उदेश्या वेम्बली क्षेत्रका सबै दिदी बहिनी हरुमाझ परिचय गर्ने, एक अर्कामा  पिर, मर्का, अनुभब र भावन हरुको आदान प्रदान गरी पारस्परिक सुमधुर संबन्ध स्थापित गर्नुको सथै सहयोग र मित्रता को भावनात्मक संबन्ध लाई सुध्रिड र प्रगाड गर्ने रहेको थियो।  यसको अतिरिक्त निरन्तर रुपमा चलिरहेको दैनिक कामकाज र घर धन्दा बाट फुर्सत लिई सामूहिक रुपमा खाने पिउने र नाच गान गरी मनोरञ्जन गर्ने रहेको थियो।


Read More....


२५५३औं बुद्ध जयन्ती तथा बैशाख पूर्णिमा २०६६
बुद्ध जयन्ती रनिङ ट्रफि प्रथम अन्तर समाज नेपाली लोक नृत्य प्रतियोगिता


तमु धिं लण्डन ईकाइको आयोजनमा शनिबार ९ मई २००९ का दिन वेम्बलि, अल्पर्टन कम्युनिटी स्कुलमा बुद्ध रनिङ ट्रफि प्रथम अन्तर समाज नेपाली लोक नृत्य प्रतियोगिता भब्यताका साथ सम्पन्न भयो।नेपाली लोक संस्कृतिको संरक्षण र सम्बर्द्धन गर्ने, गुरुङ जातिको लोपोउन्मुख संस्कृति घाँटु नाचको खोजि, जगेर्न, संरक्षण र सम्बर्धन गर्ने, नेपाली पहिचानलाई मुलुक बाहिर परिचित गराउने , बेलायतमा रहेको नेपाली समाजहरु बिच पारस्परिक सुमधुर सम्बन्ध स्थापित गर्ने र नेपाली नवोदित कलाकारहरुमा भएको नृत्य प्रतिभालाई बिकास र प्रदर्शन गराउने मुख्य उदेश्य लिई आयोजन गरिएको उक्त कार्यक्रममा झन्डै ३सय दर्शकहरुको उपस्थिति रहेको थियो।


Read More....


तमु धिं लण्डन  इकाईले  वेम्बलीमा
ल्होछार पर्व २०६५ भब्यताका साथ मनाए।


वेम्बली/३ जनवरी २००९ बहुभाषिक ,बहुधार्मिक, बहुसांस्कृतिक एबं बहुजातीय समुदायको बासस्थान 
भएको मुलुक नेपालको जनजातिहरु मध्ये एक तमु (गुरुङ ) जातिहरुले गत ३ जनवरीमा वेम्बलीको अल्पर्टनकम्यूनिटी स्कूलको सभाकक्षमा भब्यताका साथ 'ल्वोल्हो' ल्होछार पर्व २०६५ मनाएका छन्।


Read More....


तमु धिं लण्डन इकाईको दोस्रो नयाँ कार्यसमिति गठन।


क्याप्टेन (रि) प्रेम बहादुर गुरुङ संयोजक र लेप्टेनेन्ट (रि) नारायण प्रसाद गुरुङ बि ई एम, खुसिमान गुरुङ, दिपक गुरुङ र सनमान गुरुङ सदस्य रहेको निर्बाचन समितिले तय गरेको नयाँ कार्यसमिति निर्बाचन गर्ने कार्यक्रमको निर्धारित समयमा पदहरुको लागि पर्याप्त उमेदवारी दर्ता नभएको हुनाले गत २८ जुन २००९का दिन बृटिश लिजन क्लब, साउथ हेरोमा तमु धिं लण्डन ईकाइको बिषेस बैठक बसि सर्बसम्मतिबाट दोस्रो नयाँ कार्यसमितिको चयन निम्न अनुसार गरेको छ।


Read More....