President's Welcome Message:


president

It gives me great pride and pleasure to welcome you all to our website of Tamu Dhee London Branch, I sincerely hope that it will be a great source of information, interaction and a gateway to keeping in touch between our members, community and well wishers throughout the world. I thank the team for unveiling this very important web project.
Tamu Dhee London Branch was established on 30th September 2007 in London amongst our loyal tamu (Gurung) members. I thank each and every one of you for electing me as a Chairman and giving me an opportunity to serve this wonderful community. One year has gone by now and I am sure that we have achieved a lot during this period but still there is a long way to go ahead to fulfil our goal. Once again I here like to express my sincere thanks to my committee, all members and well wishers for your great support and help. Without your help this great achievement would not be possible. At present, we are very far away from our homeland in a completely different society, culture and environment. It is therefore, the importance of Tamu Dhee London Branch is imperative and cannot be more emphasized. It is even more crucial at this transitional period, where our families and children are arriving into this western culture and society for the first time. Whatever the circumstances we may face to settle in a safe, friendly and tolerant society, we have to maintain our tradition and preserve our culture and values with pride. I look forward to serving you and the community with my utmost effort. I also look forward to receiving your much appreciated support to run the branch even more successfully.
Jai Tamu Dhee London Branch.
sign
Chairman:
Chitra Bahadur Gurung

Tamu Dhee London Branch.


Ex-General secretary's Message:


prem

नमस्कार,


ईस्वरले सृस्टी गरको सबै प्राणिहरु प्राय आ- आफ्नै जातिमा बस्दछन् र त्यसैमा रमाउँछन पनि। यि सबै प्राणिहरुले आफ्नै प्रकारको उठबस र सामाजिक बातावरण बनाउँदछन। ईस्वरले सृस्टीगरेको सबै प्राणिजात मध्ये सबैभन्दा बिवेकशिल र बिकशित मानवजाति हो। ढुङ्गे युग देखिन्   लिएर  आजको २१ सौ सताब्दिसम्म आइपुग्दा मानवजातिले के नै पो बिकाश गरको छैन र। तर उसले जतिसुकै बिकाश गरेतापनि सुबिधाको साधनहरु बनाएतापनि समाजबिना उ लामो समय बस्न सक्दैन र उसको बिकाशको कुनै औचित्यपनि रहँदैन।त्यसैले समाज भन्नेकुरा मानवजातिकोलागी अतिनै महत्वपूर्णछ। यो समाज को हो त ? यो समाज भन्नुनै तपाई हामि हौं। यसलाई तपाई हामिले मनन गरेर, बुझेर आपसि सहयोग र समझदारिले जति धेरै बिकाश गराउन सक्यौं त्यतिनै धेरै तपाई हामिले यसबाट सहयोग र सुबिधाहरु पाउन सक्छौ तर ईस्वरको सबैभन्दा प्रियपात्र मानव भएतापनि यसभित्र अनेकौ जनजाति भएकोहुँदा सबैले उचित समयमा चाहेको सहयोग र सुबिधा पाउँछ भन्नु असम्भब कुरा हो। यस बिषयमा अनेकौ जनजातिलेमात्र नभएर क्षेत्रिय ( भौगोलिक ) स्थितिले गर्दापनि असर पारेकोछ।
यहाँ यू. के. मा अनेकौ संघ संस्थाहरु छन। सबैको आ-आफ्नै निति नियमहरु भएतापनि सबैको मूल उद्देस्यचाहि मानवजातिको कल्याण र बिकाश गर्नुहो। यू. के. मा स्थापना भएका संघ संस्थाहरु हेर्दा धेरैजसो लण्डनतिर छन् र प्रायजसो संघ संस्थाहरु नेपालको आफ्नै जिल्ला, क्षेत्र, गाउँ र स्थानलाइ हेरेर स्थापना गरिएकोछ। नेपालका चारै दिशाका नेपालिहरु आ-आफ्नो रोजिरोटि र ब्यक्तिगत स्थितिलेगर्दा यहाँ यू. के.मा चारैतिर फैलिएर रहेकाछन। यसलेगर्दा केहि ब्यक्ति बिशेषहरुले आफ्नै जिल्ला, क्षेत्र, गाउँ र स्थानलाइ दृस्टिगरेर मानव भलाइकालागी स्थापना गरेका संघ संस्थाहरुमा एकदमै कम मात्रामा ति भेगका मनिसहरुको जमघट हुनुकोसाथै कमै भएकाहरुमापनि प्राय त्यतैकाहरुको बाहुल्य रहेको पाइन्छ।यस हिसाबले आफ्नो रोजगार र ब्यक्तिगत कारणले गर्दा यू.के.मा चारैतिर  छरिएर रहेका नेपालिहरुले समय र स्थानको स्थितिलेगर्दा चाहेरपनि आफ्नो जिल्ला, क्षेत्र, गाउँ र स्थानको संघ संस्थामा उपस्थित हुनसकेका छैनन् भने कतिपय संघ संस्थाहरुको स्थानिय नामाकरणले गर्दापनि नेपालमा अर्कै क्षेत्रमा बसोबास गरेकाहरु त्यहाँ जान सकेका छैनन्। यस  कारणले गर्दा हाम्रो धेरैजसो मानिसहरुले आफुले दिनसक्ने, गर्नसक्ने सहयोग दिन सकेका छैनन् भने आफुलेपनि त्यस किसिमको सहयोग पाउन सकिरहेका छैनन्। यस्तो स्थितिमा ति नेपालिहरु भन्दाखेरि हामि गुरुङहरुको आफ्नो रितिरिवाज, संस्कृति र परम्पराहरु  बिस्तारै  हराएर जानुकोसाथै  हाम्रो आफ्नै गुरुङ पहिचाननै लोप भएर जानसक्छ।
यस्तै बिषयहरुको अध्ययन गर्दैजाँदा यहाँ हामि गुरुङहरु लाइ आफ्नै जातिय संस्थाको अतिनै आवस्यक देखियो। हाम्रो गुरुङहरुलाइ परेको बिभिन्न अप्ठेरोहरुलाई सुलभ बनाउन, ब्यक्ति बिशेषको स्थितिलाइ आपसि समझदारिपूर्वक सुल्झाउन, आपसि भाइचारालाई अझैबढि सुदृड बनाउन र हाम्रो संस्कृति, रितिरिवाज र परम्परालाई पछ्याउँदै यहाँ यू.के.मा हामि गुरुङहरु British Gurkha को नामलेमात्र नभएर अन्तराष्ट्रिय जगत सामु आफ्नै जातियताले पहिचान बनाई हाम्रा भावि सन्ततिहरुको भविष्यलाई सुरक्षित बनाउन North West London तर्फ बसोबास गरेका सबै गुरुङहरुकोलागी एउटा जातिय संस्थाको अतिनै आवस्यक देखिन  आयो। हुँनत गुरुङहरुको   जातिय संस्था हामिले  यहाँ  स्थापना गर्नुभन्दा अगाडिनै यू. के. को बिभिन्न क्षेत्रहरुमा खोलिएका थिए। तर सरकारलेत केन्र्दबाट राज्यको चौतर्फि दृस्टि पुर्याउन , बिकाशगर्न र आपतकालिन अवस्थामा सहयोग जुटाउन सक्दैनभने प्राईभेट क्षेत्रमा खोलिएको संघ संस्थाहरुले देशभरिको आफ्नो जनजातिलाई शेवागर्ने, सहयोगगर्ने भन्नेकुरा नेताको भाषण जस्तै हो। यिनै बिषयहरुलाई केलाएर सोझो अर्थमा भन्नुपर्दा North West London तर्फ बसोबास गरेका सबै गुरुङहरुको  आपतकालिन अवस्थामा छिटो छरितो र सुलभ तरिकाले सहयोगगर्न, आपसि भाईचारालाई अझै सुदृड बनाउन यहाँ बिदेशमापनि हाम्रो संस्कृति र परम्परालाई जोगाएर आफ्नो पहिचानलाई स्थाईत्वदिनकोलागी  बि.क्रं.संम्बत्  २००७ सालमा नेपालमा प्रजातन्त्रको उदय भएझै ईस्वि संम्बत् २००७ साल सेप्टेम्बर ,महिनामा तमु धिं लण्डन ( Tamu Dhee, London ) को स्थापना वेम्लि ( Wembley ) मा भएको हो। यो हाम्रो जातिय संस्था भएकोले यसको छानामुनि सबै गुरुङहरु  अटाउन सक्ने बिशाल स्थान छ।
यस भेगका सबै गुरुङहरुको  सहयोग, बिकाश र हितकोलागी समझदारि पूर्वक तमु धिं लण्डनले सबैलाइ मान्यहुने नितिनियमहरु बनाएको छ। आज २१ सौं सताब्दिमा आएर तँ भन्दा म ठूलो भन्ने स्वार्थि र घमन्डपनलाई  पन्छाएर हामिसबै गुरुङहरु एक होऔं। स्वदेश तथा बिदेशमा हामि सबै  गुरुङको जातले चिनिएका हौं गुरुङको  थरले होईन। त्यसैले यस तमु धिं लण्डनको एउटा मुख्य उद्देस्य यस भेगका सबै गुरुङहरुलाई एउटै छानामुनि एकैसुत्रमा बाध्नुपनि हो। हामि सबै गुरुङ हौं । Unity is the great strength.
यिनै बिषयहरुलाई हृदयङ्गमगरि पाईला चाल्दैजाँदा हामिले एक बर्षको खुड्किला पार गरिसकेकाछौं। हाम्रो आपसि सहयोग र समझदारिलेगर्दा आज हामिले आफ्नै Web Site खोल्न सक्षम भयौ।
अन्तमा,  आफ्नो अमुल्य समय र सहयोग दिनुभइ यस संस्थालाई यहाँसम्म डोर्याएर लैजानुहुने तमु धिं लण्डनका Executive Committee र यसका सबै आदर्णिय सदस्यहरुलाई म हार्दिक धन्यबाद ज्ञापन गर्दछु।
धन्यबाद।

प्रेम गुरुङ ( Prem Gurung ).
महा सचिब ( General Secretary ).
तमु धिं, लण्डन।