नेपाली मेला २०११को एम्बेसडर कप तमु धिं लन्डन इकाईले जित्यो।

रिचमोन्ड लण्डन/२८ अगष्ट - हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव, हाम्रो नेपाली मेला भन्ने नाराका साथ नेपाली कला, संस्कार र संस्कृतिको संरक्षण र सम्बर्द्धन गर्ने, नेपाली कला, संस्कृति र पहिचानलाई मुलुक बाहिरा परिचित गराउने, नेपाल पर्यटनको प्रबर्द्धन गर्ने, बेलायतमा रहेको नेपाली समुदायका बिभिन्न संघ संस्था र समाजहरु बिच पारस्परिक सम्बन्धलाई सबल र सुमधुर बनाउने र नेपाली कलाकारहरुको प्रतिभाहरुलाई प्रदर्शन र बिकास गराउने मुख्य उदेश्य लिई प्रत्येक बर्ष तमु धिं एसोसिएसन युकेले आयोजना गर्ने रमाईलो नेपाली मेला २०११ गत अईतबार २८ अगष्टका दिन सरे स्थित रिचमोन्ड एथलेटिक्स एसोसिएशनको मैदानमा भव्यताकासाथ् सम्पन्न भयो। उक्त नेपाली मेला २०११मा गत बर्षको बिजयी टिम तमु धिं रेडिङ इकाईलाई उच्छिनेर तमु धिं लण्डन इकाईले उत्कृष्ट झाँकी र नृत्य प्रदर्शन गरी पहिलो स्थानमा यस बर्षको एम्बेसडर कप र नगद पुरस्कार ६००पाउन्ड जितेको छ। एम्बेसडर कपको दोश्रो स्थान तमु धिं रेडिङ ईकाई र तेश्रो स्थान किरांत याक्थुङ चुम्लुङले हात पारेका थिए। दोश्रो र तेश्रो हुनेलाई ४०० र २०० पाउन्ड नगद तथा प्रशंसापत्र प्रदान गरीएको थियो।
नेपाली राजदुताबास बेलायतका महामहिम नेपाली राजदुत डा. सुरेस चन्द्र चालिसे ज्युले प्रदान गर्नु भएको एम्बेसडर कप गत बर्ष देखि नेपाली कला, संस्कार, संस्कृति र पहिचानलाई संगरक्षण, सम्बर्द्धन र प्रबर्धन गर्न तमु धिं एसोसिएसन युकेले हरेक बर्ष आयोजन गर्ने नेपाली मेलाको अवसरमा अन्तर समाज संस्कृतिक झांकी र नृत्य प्रतियोगितामा प्रथम हुने समाज व संघ संस्थालाई पुरस्कृत गरिन्छ ।
महामहिम नेपाली राजदुत डा. सुरेस चन्द्र चालिसे ज्यु प्रमुख अतिथि रहेको नेपाली मेलामा नेकप एमालेका पोलिटब्युरो सदस्य प्रदिप नेपाल र बिभीन्न संघ संस्थाका प्रतिनिधिहरुको उल्लेख्या उपस्थिति थियो।बेलायतका थुप्रै नेपाली समुदायहरु बाट हजारौको संख्यामा बाक्लो उपस्थिति रहेको मेलामा एक दर्जन भन्दा बढी नेपाली संघ संस्थाहरुले बिभिन्न नेपाली कला संस्कार र संस्कृति झल्काउने झाँकी र नृत्यहरु प्रदर्शन गर्न नेपाली मेला २०११को एम्बेसडर कप प्रतियोगितामा भाग लिएका थिए।
नेपाली मेलाको एम्बेसडर कपमा भाग लिना महासचिब अर्जुन कुमार गुरुङको संयोजकत्वमा तमु धिं लन्डन इकाईको रंगी चंगी झाँकी समुह निर्धारीत समयमा अयोजकको निर्देशन अनुसार अन्य दर्जनौ संघ संस्थाहरुको झाँकि समुहका साथ पङतीबद्द भई बडो उत्साहापुर्वक आफ्नो कला र संस्कृतिको प्रदर्शन गर्ने पालो पर्खिरहाँदा अचानक ठोलो बर्षा भई केहि क्षण सबैजना तितर बितर भएका थिए। कोही पानिले रुझे, कोही ओतको खोजिमा दौडिए र कोहि छाता ओडेर यथा स्थानमै उभिए।केही समयको मुसलधारे बर्षा रोकिएपछि सबै आ-अफ्नो स्थानमा पुन: रेलीको लागी पङतीबद्द भए। प्रतिकुल मौसममा रुझे पनि कसैको जोस जाँगर र उत्साहमा कुनै कमि र फरक परेको थिएन।बर्षाका कारण केहि समय रोकिएकोले झाँकी रेली निर्धारीत समय भन्दा ढिलो आरम्भ भएको थियो। तमु धिं लन्डन इकाईले यस बर्षको नेपाली मेलामा २०११मा तमु (गुरुङ) भेष भूषामा सजिएर ठुलो दलबलका साथ लामा समुह र झाँक्री समुहको समायोजन गरी संस्कृतिक बिबिदताको रंगी चंगी झाँकी सगौरव प्रस्तुत गरेका थिए।झाँक्री समूह गगन गुरुङको संयोजकत्व र शन्तोक गुरुङको अगुवाईमा सुबास गुरुङ, अभियान गुरुङ र सन्तोष गुरुङ सम्मिलित थिए। घाँगर र घन्टि झुन्डिएको रंगि चंगी पोसाकमा सजिएका झाँक्रीहरुले ढ्याङग्रो ठोकेर काँम्दै नाच्दै बलेको आगो खाने जस्ता अदभुद प्रस्तुतीले सबै दर्शकवर्गलाई अचम्भित बनएका थिए।मुलत झाँक्रीहरु नेपालको आदिबाशी जनजाती समुदायमा बिषेस गरी धादिङ र रसुव जिल्लामा बढि भेटिन्छन।आधुनिक बैज्ञानिक युगमा पनि पुरातनबादी धामि झाँक्रीमा बिश्वास राख्नेहरु हाम्रा समाजमा प्रसस्तै भेटिन्छन। प्राचिनकाल देखि बर्तमानमा पनि दुर्गम क्षेत्रका बिकट गाउँहरुमा अझै पनि रोग निको पार्न धामि-झाँक्रिको सहारा लिने गर्दछन।पर्याप्त आधुनिक स्वास्थ्य सेव केन्द्र र स्वास्थ्यकर्मी नभएपछि बिरामीहरू धामी-झाँक्रिको तन्त्र मन्त्र, झारफुक र जडिबुटी बाटै उपचार गराउने गर्दछन। यहि पुरातन र परम्पराबादी संस्कार बाट कतिपय नेपाली आदिबासी जनजाती समुदायहरुमा मानिस मरिसके पछी मर्ने ब्यक्तिको आत्माको शान्तिको लागि धामि, झाँक्री र लामा बोलाएर बिभीन्न पूजा तथा धार्मिक प्रकृया पुरा गर्ने गर्दछ। जसलाई हामी घेवा र अर्घु नामले पनि चिन्ने गर्दर्छौ । हाम्रो समाजमा रहेको झाँक्री माथिको यि बिश्वस वा अन्धबिश्वस जे भएपनि झाँक्री प्रथालाई हाम्रो संस्कार र संस्कृतिमा मात्रै सिमित राखौं। धामि झाँक्रीमा भर नगरौं।स्वास्थ्य केन्द्रमा उपचार गरौं भन्ने सबैलाई तमु धिं लण्डन इकाई हार्दिक आग्रह गर्दछ।
झाँकीको लामा समूहमा लामा गुरु धरम गुरुङको अगुवाईमा अन्य लामा र सहयोगिहरु सहभागि थिए। झाँकीमा आमा समूहबाट श्रीमती नरेन्द्र गुरुङको अगुवाईमा श्रीमती पञ्च गुरुङ र श्रीमती बत्ती गुरुङले बुद्धको आरती (मलम) गाएका थिए।विश्व शान्तिका प्रतीक तथा नेपालका बिभूती गौतम बुद्धको अनुयायि बौद्धमार्गी लामाहरु बौद्ध मार्गी गुरुङहरुका धर्म गुरु र पुरोहितको रुपमा चिनिन्छन्।बौद्ध मार्गि गुरुङहरुको मृत्युमा दहसंस्कार, मृतअत्मालाई स्वर्ग पुराउने कर्मकान्ड र मृत्यु परान्न मृतआत्माको चिर शान्तिका लागि बिभिन्न धार्मिक कार्य र पुजा पाठहरु लामा गुरुहरु बाट सम्पन्न गरीन्छ ।
नेपाली मेलाको प्रमुख अकर्षणहरु मध्ये एक अन्तर समाज नृत्य प्रतियोगीतामा तमु धिं लण्डन इकाईले गगन गुरुङ र शन्तोक गुरुङको कोरियोग्राफिमा तयार पारीएको नेपालको हिमाली क्षेत्रका सेर्पा समुदायका जनजीवन झल्काउने चौरी सहितको सेर्पा नृत्य प्रस्तुत गरेका थिए।हिमाली भेगका घरेलु जनवार चौरी को पालन पोषण र रेखदेख गर्ने ब्यङगात्मक प्रस्तुती सहितको सेर्पा नृत्यले दर्शकहरुलाई अत्याधिक हाँसाएर मनोरंजन गराएका थिए।नृत्यमा भागलिने कलाकारहरुमा शन्तोक गुरुङ, शन्जय गुरुङ, शन्देस गुरुङ, अभियन गुरुङ, दिपेश गुरुङ शुदर्सन गुरुङ, डेभिड गुरुङ, संगीता तमाङ, सृजना गुरुङ, समारी हिराचन र खुसबु यख्खा थिए।इकाईका संस्कृतिक झाँकि र नृत्य समायोजन र तयारीमा बिसेष सहयोग गर्नेहरुमा अध्यक्ष चित्र बहादुर गुरुङ, सल्लहाकारहरु शिबशरण गुरुङ र सुबसिङ गुरुङ बिइएम, उपअध्यक्ष टिका देवी गुरुङ, महासचिब अर्जुन गुरुङ, सचिब टंकराम गुरुङ, कोषअध्यक्ष शिवकुमार गुरुङ र फोटोग्राफर ओमकार गुरुङ थिए।
केहि बर्ष यता बेलायतमा तीब्र रुपमा बृद्धि भइरहेको नेपाली तथा तमु(गुरुङ) जन घनत्वलाई दृष्टिगत गरी तमु धिं एसोसिएसन युकेको 'लण्डन इकाई' को रुपमा उत्तर पस्चीम लण्डनको बिभीन्न भागमा बसोबास गरिरहेका सम्पूर्ण तमुहरुलाई एउटै थलोमा समेटी आपसी समाजदरी, सद्‍भाव र सहयोगको बिकास गर्दै भावनात्मक एकताको सूत्रमा आबद्द भई सामाजिक र कल्याणकारी कार्यहरु गर्ने र नेपाली तथा तमु भाषा, धर्म, संस्कार र संस्कृतिको संरक्षण र सम्बर्धन गरी भाबी सन्ततीहरुमा नेपाली तथा तमु पहिचानलाई जीवन्तता राख्नको लागि यशपूर्ण मार्ग सुनिस्चित गर्ने उदेस्या लिई ३० सेप्टेमबर २००७मा तमु धिं लण्डन इकाईको स्थापन भएको हो।आनेकतामा एकता र धार्मिक सहीस्णुतामा आस्था राख्ने , लगनशील, परिस्रमि, प्राकृति प्रेमी, भाषा, संस्कृति तथा रीतिरिवाजको दृष्ट्रिले समृद्ध र उन्नत जातिको रुपमा चिनिने नोर्थ वेस्ट लण्डनबासी सम्पूर्ण कर्मबीर तमुहरुको साझा संस्था र आस्थाको केन्द्र तमु धिं लण्डन इकाईले स्थापनकाल देखि आजसम्मको छोटो समयमै धेरैनै रचनात्मक र प्रशंसनीय कार्यहरु गरी बेलायति नेपाली समाजहरुमा आफ्नो छबि र पहिचान निक्कै राम्रो बनईसकेको छ। संस्थागत ढंगले र भावनात्मक ढंगले एकताबद्द भई अध्यक्ष श्री चित्रबहादुर गुरुङको नेतृत्वमा तमु धिं लन्डन इकाई सरल र प्रभाबकारी ढंग बाट एउटा सबल, समृद्द र सम्मुन्नत समाज को रुपमा स्थापित हुन हरतरहबाट प्रयासरत रहेको छ।
नेपाली मेला २०११मा यस बर्षको एम्बेसडर कप बिजेता हुन पाउदा तमु धिं लण्डन इकाईका सम्पूर्ण सदस्यहरुलाई ज्यादै हर्ष लागेको छ र नेपाली कला संस्कृति र नेपाली पहिचानको संगरक्षण, सम्बर्द्धन र प्रबर्द्धनमा अझ बढी सकृय र जिम्मेवारीका साथ अगाडी बढने हौसेला र प्रेरणा थपेको छ।हामी नेपाली जुनसुकै कारणहरु बाट बिश्वको जुनसुकै मुलुकमा रहनु परेतापनि हामिलाई आफ्नो देश नेपालको अघात माया छ।नेपाल र नेपाली काल, संस्कृति र पहिचानको संगरक्षण र सम्बर्धन गर्नु हामी सबैको साझा दाईत्व र कर्तब्य ठान्दछ। त्यसैले सम्पुर्ण बेलायतबासी नेपाली समुदायहरुलाई बिखन्डनबादि चिन्तन त्यागेर सकरात्मक सोचका साथ एकताबद्द भई नेपाल र नेपालीको काल, संस्कृति, संस्कार र पहिचानको संगरक्षण र सम्बर्द्धन गर्ने कार्यमा एक आपसमा सहयोग, सहकार्य, सहभागिता र योगदान गरिदिनको निम्ति तमु धिं लण्डन इकाई सबैलाई बिनम्रताकासाथ हार्दिक अपील तथा अनुरोध गर्दछ।
नेपाली मेलामा भेला भएका तमु धिं लण्डन इकाईका सबै सदस्यहरुले अ-आफ्नो तर्फ बाट मेलामा गरेको योगदान सहयोग र प्रस्तुतीहरुको साथसाथै अन्य संघ संस्थाहरुले प्रस्तुत गरेका बिभीन्न नेपाली लोक कला र संस्कृतिक झाँकीहरुको सिङ्गै नेपाल बेलायतमा देखन पाएका थिए।मेलाको बिषेस आकर्षण नेपाली लोक गायन क्षेत्रका ख्यातीप्राप्त कलाकार खडग गर्बुजाले गाउनु भएको नेपाली लेकबेसी, बनपाखा, मेलापात, मायाप्रिति र संस्कृति झल्काउने लोक गितहरुमा पहिलो पुस्ताका दर्शकहरु सबैले झुमेर नाचेर खुबै मनोरंजन गरेका थिए।त्यस्तै युब पुस्ताहरुलाई छुट्टै स्टेजमा बिभिन्न युव संगितिक समुहहरुले अधुनिक गित संगितहरु प्रस्तुत गरेका ठाउँमा युव पुस्ताका दर्शक तथ श्रोताहरुले भरपुर मनोरंजन गरेका थिए।यसमा यो पङतिकारलाई लागेको ब्यक्तिगत धारणा केहो भने युबा पुस्ताहरु छुट्टै मंन्चमा बेग्लै माहौलमा आधुनिक नृत्य र पास्चात्य सैलिका गित संगित प्रस्तुत गरेर झुमे, नाचे, रमाए र मनोरंजन गरे तर बहुसंख्याक युवपुस्ताहरुले नत आफ्नो मौलिक नेपाली कला संस्कार र संस्कृति झल्किने झाँकी र नृत्यहरुनै हेरे नत नेपाली लोक गायन क्षेत्रका ख्यातीप्राप्त कलाकार खडग गर्बुजाले गाउनु भएको नेपाली लेकबेसी, बनपाखा, मेलापात, मायाप्रिति र संस्कृति झल्काउने नेपाली लोक गितहरुनै सुने। युवा पुस्ताहरुको बेग्लै संसार थियो।त्यसोत केहि युवपुस्ताहरुले झाँकि र नृत्य प्रतियोगितामा सहभागिता पनि जनाएका थिए तर त्यतिले मात्र युबा जगतको सहभागीता पर्याप्त हुदैन।यसले हाम्रो कला, संस्कार र संस्कृतिलाई भाबि पुस्ताहरुमा हस्तान्तरण गर्ने र नेपाली पहिचानलाई मुलुक बाहिरा सधै जिवन्तता राख्ने हाम्रो उदेस्य सजिलै पुरा होला भन्न सक्ने स्थिति रहदैन।गित गाउने क्रममा खडका गर्बुजा ज्युले भन्नुभएको वाक्य "खोइ हाम्रो नेपाली लेकबेसी, बनपाखा, मेलापात, मायाप्रिति र संस्कृति झल्किने गित र लोक भाकाहरु युवा पुस्ताहरुलाई पो बढी सुनाउनु पर्ने हो तर यहाँ त युवा पुस्ताहरुनै देखिदैनन् सबै अर्कै मन्चमा झुम्मिएका छन, अयोजक समितिले अगामी बर्षहरुमा बिचार गर्नु पर्ने देखिन्छ" भन्ने भनाईले च्वास्स मन छोयो सयद अरुलाई पनि त्यस्तै महसुस भए होला।मेलामा बिभिन्न प्रकारका नेपाली खानाका परिकारहरु पस्किने थुप्रै भोजनालयहरुमा, पेय पदार्थ बिक्रि गर्ने स्टलहरुमा, बाल बालिकाहरु खेल्ने स्थल र सूचना, सेवा तथा शुविधा उपलब्ध गराउने ब्यापरीक स्टलहरुमा भने सबै पुस्ताहरुले उत्तिकैमात्रमा अन्नद संग खाने, पिउने, खेल्ने र हेर्नुको संगसंगै बिभिन्न ज्ञान बर्द्धक जनकारीहरु पनि प्राप्त गरेका थिए।नेपाली कला, संस्कृति र पहिचानको संगरक्षण र सम्बर्धन, नेपाल पर्यटन बिकासमा प्रबर्धन गर्नुको अतिरिक्त यो नेपाली मेला बेलायत भरि छरिएर रहेका सबै नेपालीहरुको निम्ती धेरै साथिभाई, ईष्टमित्र र आफन्तजनहरु संग एउटै थलोमा भेटघाट र मनोरंजन गर्ने सुवर्ण अवसर पनि बनेको थियो। यसको निम्ती तमु धिं युकेलाई हार्दिक बधाई तथा धन्यबाद दिदै अगामी बर्षहरुमा अझै परिमर्जित र बृहत रुपमा नेपाली मेलाको आयोजना होस भन्ने शुभकामना पनि ब्यक्त गर्दछु।
शिवशरण गुरुङ
तमु धिं लण्डन इकाई