ARTICLES

तमु धिं लण्डन इकाईको दोस्रो नयाँ कार्यसमिति गठन।


क्याप्टेन (रि) प्रेम बहादुर गुरुङ संयोजक र लेप्टेनेन्ट (रि) नारायण प्रसाद गुरुङ बि ई एम, खुसिमान गुरुङ, दिपक गुरुङ र सनमान गुरुङ सदस्य रहेको निर्बाचन समितिले तय गरेको नयाँ कार्यसमिति निर्बाचन गर्ने कार्यक्रमको निर्धारित समयमा पदहरुको लागि पर्याप्त उमेदवारी दर्ता नभएको हुनाले गत २८ जुन २००९का दिन बृटिश लिजन क्लब, साउथ हेरोमा तमु धिं लण्डन ईकाइको बिषेस बैठक बसि सर्बसम्मतिबाट दोस्रो नयाँ कार्यसमितिको चयन निम्न अनुसार गरेको छ।

अध्यक्ष        -   चित्र बहादुर गुरुङ – पुन: निर्बाचित
उपाध्यक्षद्वय        -   ले (रि) पन्च बहादुर गुरुङ र
सुश्री टिका गुरुङ
माहसचिब      -   अर्जुन कुमार गुरुङ
कोषाध्यक्ष      -   शिब कुमार गुरुङ – पुन: निर्बाचित
सचिब         -   टंक बहादुर गुरुङ
सहकोषाध्यक्ष        -   भरत गुरुङ
कोर्डिनेटर      -   महेश घले
सांस्कृतिक सचिब -   गगन गुरुङ – पुन: निर्बाचित
सहसांस्कृतिक सचिब-  सन्तोक गुरुङ
खेलकुद सचिब   -   हरिमान गुरुङ – पुन: निर्बाचित
सहखेलकुद सचिब -   हर्क बहादुर गुरुङ
युबा संयोजाक   -   ओमकार गुरुङ
भिडियोग्राफर         -   चेत प्रसाद गुरुङ – पुन: निर्बाचित
सहभिडियोग्राफर  -   रामचन्द्र गुरुङ – पुन: निर्बाचित
फोटोग्राफर      -   ओमकार गुरुङ  
वेब मास्टर      -   शंजय गुरुङ
अईतबार २८ जुन २००९मा बसेको उक्त बैठकमै सर्बसम्मतिबाट पाँच जना सल्लाहकारहरुमा क्रमश; प्रेम गुरुङ, लेप्टेनेन्ट (रि) नारायण प्रसाद गुरुङ बि ई एम, खुसिमान गरुङ, शिबशरण गुरुङ र श्रीमति रेनुमाया गुरुङ लाई चयन गरेको छ।
कार्यसमितिका अन्य सदस्यहरु अर्को बैठकमा नियुक्ति गरिने भएको छ।पुरानो कार्यसमितिले नयाँ कार्यसमितिलाई आगमि २६ जुलाई २००९का दिन बि बि क्यू पार्टिमा बरबुझारथ तथा पदभार हस्तान्तरण गर्ने भएको छ।


शिबशरण गुरुङ