दोस्रो रारा गोल्ड कप ९ए साईड फुटबल प्रतियोगिता २०११

शिवशरण गुरुङ / वेम्ली, लण्डन -

तमु धिं लण्डन इकाईले आयोजना गरेको दोस्रो रारा गोल्ड कप ९ए साईड फुटबल प्रतियोगिता गत ९ जुलाई २०११का दिन रेक्टोरी पार्क, साउथहल, लन्डनमा सम्पन्न भयो। बेलायतमा बसोबास गर्ने नेपालीहरुको फुटबल खेल प्रतिको मोह, जन चाहाना, लोकप्रियता, महत्व र मनोरंजनलाई दृष्टिगतगरी बेलायति नेपाली समाज र संघ संस्थाहरु बिचको संबन्धलाई प्रगाढ, सबल र सुमधुर बनाउदै आपसी मित्रताको भाइचारा फैलाउनका साथै युवा नव प्रतिभाहरुमा फुटबल खेलको दक्षता बढाउने उदेस्य लिई आयोजना गरिएको यस प्रतियोगितामा २० युथ टिमहरुले भाग लिएका थिए।

यस फुटबल प्रतियोगितामा बिजयी टिमलाई शिल्ड, एक हजार दुईसय(१२००) पाउण्ड र द्वितीया हुने टिमलाई तिन सय (३००) पाउण्ड नगद पुरस्कार राखिएको थियो।यसको साथै बिजयी र उप बिजयी हुने दुबै टिमका खेलाडीहरुलाई क्रमस: बिजयी र उप बिजयी ट्रोफिको पनि ब्यबस्था गरिएको थियो। उत्कृष्ट खेलाडी र सर्बाधिक गोल गर्ने खेलाडी लाई ट्रोफि सहित पचास पचास पाउण्ड बिषेस नगद पुरस्कार पनि राखिएको थियो।

वेस्ट लण्डनको सुन्दर प्रकृतिक छटाले भरीपुर्ण र मानव निर्मित सुन्दर मनमोहक चार थुम्कि डाँडाहरुको उपस्थितिले सिङ्गारिएको मनोरम रेक्टोरी पार्कको खेल मैदानमा संचालन गरिएको यस फुटबल प्रतियोगितामा उपस्थित दर्शकहरुका निम्ति प्रतिस्पर्धात्मक खेल हेर्नुको अतिरीक्त सप्तान्तमा आफन्तहरु र चिर परिचीत मित्रहरु संग भेट गर्ने र पारिवरीक घुमघाम गर्ने सुवर्ण अवसर पनि बनेको थियो।

रमाईलो, सौहाद्र र मैत्रिपुर्ण वातावरणमा सम्पन्न भएको पर्तिस्पर्धात्मक यस प्रतियोगिताको दोस्रो चरण नोकअउट समुहमा प्रवेस गरेका १० टिम बाट बृगेड बोइज क्लबका टिम प्रथम भएका थिए भने एफसी तोङबा टिम प्रतियोगितामा दोस्रो स्थान ओगटन सफल भएका थिए।सर्बाधिक गोल गर्ने र सर्बोउत्कृष्ट खेलाडीको दुबै उपाधि एफसी तोङबा टिमको अर्पन गुरुङ ले जितेका थिए। रारा गोल्ड कप ९ए साईड फुटबल प्रतियोगितामा बिजयी बृगेड बोइज क्लब टिमका खेलाडीहरुलाई प्रतियोगिताको प्रायोजक तथा रारा इन्डियन एण्ड नेपलीज कुजिन रेस्टुरेन्टका प्रोपाईटर प्रताप रायामाझीले ईन्डिभिज्युअल ट्रोफि र १२ सय पाउण्डको चेक प्रदान गर्नु भएको थियो। प्रथम पुरस्कारको धनरासी १ हजार पाउण्ड रारा इन्डियन एण्ड नेपलिज कुजिन रेस्टुरेन्टले प्रयोजन गरेको थियो भने २ सय पाउण्ड तमु धिं लण्डन इकाईलेनै उपलब्ध गराएक थिए। प्रतियोगिताको मुख्य ट्रोफि रारा गोल्ड कप बिजयी टिम बृगेड बोइज क्लबका टिम क्याप्टेनलाई तमु धि लण्डन इकाईका अध्यक्ष चित्र बहादुर गुरुङले हस्तान्तरण गर्नु भएको थियो। प्रतियोगिताको उप बिजयी एफसी तोङबा टिमलाई सल्लहाकार प्रेम गुरुङले ट्रोफि र ३ सय पाउण्डको चेक प्रदान गरेका थिए। दोस्रो पुरस्कारको ३ सय पाउण्ड नगद धनरासी पनि तमु धिं लण्डन इकाईलेनै उपलब्ध गराएका थिए। तमु धि लण्डन इकाईका जेष्ठ आजिवन सदस्य खडग बहादुर गुरुङले सर्बोउत्कृष्ट खेलाडीलाई र सल्लहाकार ले. रि. नारायण प्रसाद गुरुङले सर्बाधिक गोलगर्नेलाई पुरस्कार बितरण गर्नु भएको थियो। क्याप्टेन रि. बालकृष्ण गुरुङको सुपरिबेक्षणमा तमु धिं लण्डन इकाईका खेलकुद सचिब हरिमान गुरुङ र सह खेलकुद सचिब हर्कबहादुर गुरुङले संयोजन गरेको प्रतियोगितामा अफिसियलहरुमा रामचन्द्र गुरुङ, गोपि गुरुङ, ले.रि. नारायण प्रसाद गुरुङ, प्रेम गुरुङ, शुबासिङ गुरुङ, उदय गुरुङ, धरमबल गुरुङ र बिजय लिम्बु थिए। प्रतियोगिताको सफल्तामा महासचिब अर्जुन कुमार गुरुङ र कोषाध्यक्ष शिव कुमार गुरुङले पनि बिषेस सहयोग गरेका थिए। उदघोषक र कार्यक्रमको संचालन सल्लहाकार शिवशरण गुरुङले गरेका थिए भने साउन्ड सिस्टमको ब्यबस्थापन जिवन गुरुङले गरेका थिए।

प्रतियोगिताका निर्णायक मण्डलीको रेफ्रीहरुमा क्रमस: रुद्रबहादुर गुरुङ, बिष्णुबहादुर दर्लामि, खेम गुरुङ, बेन बहादुर गुरुङ, सनमान गुरुङ र लालकाजि गुरुङ थिए। रेफ्रीहरुलाई सल्लहाकार शुबासिङ गुरुङले पुरस्कार तथा उपहार बितरण गरेका थिए। प्रतियोगिताको संयोजनमा सुपरिबेक्षण र बिषेस भुमिका निर्बाह गर्नु भएका क्याप्टेन रि. बालकृष्ण गुरुङलाई तमु धिं लण्डन इकाईको प्लेक सल्लहाकार शुबासिङ गुरुङले प्रदान गरेको थियो र प्रतियोगितामा उपस्थित सबै खेलाडी, अफिसियल र दर्शकहरुलाई तमु धिं लण्डन इकाईका अध्यक्ष चित्रबहादुर गुरुङले धन्यबाद दिएका थिए । प्रतियोगितामा तमु धिं युकेका अध्यक्ष मुछेत्र गुरुङको पनि उपस्थिति रहेको थियो।