TamuDhee London Branch, Forecast of event for 2011:
Rara Gold Cup football tournament ......./ Date:09 july 2011 Saturday

Top News Story


तमुधी लण्डनले युवाहरुलाई रोजगारमुलक तालिम दिने।

 


Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player



लण्डन, बैशाक २० – तमुधी लण्डन शाखाले युवाहरुलाई लक्षित गरी सेक्युरीटि गार्डिङ तालिम दिने भएको छ। प्रतिदिन बेरोजगारहरुको संख्या बढ्दै गएको बेलायतमा यस्तो तालिमबाट युवाहरुलाई राहत पुग्ने अपेक्षा गरीएको छ। शाखाका अध्यक्ष चित्र बहादुर गुरुङका अनुसार रिडिङस्थित ग्लोवल गोर्खा सॆक्युरीटिको सहयोगमा तालिम सम्पन्न गर्न लागिएको हो।
दुबै संस्थाबीच आइतबार अल्पर्टनस्थित अल्पर्टन हाउसमा डकुमेन्टेशन सम्पन्न भएको थियो। बेलायत सरकारबाट सहयोग आएको यस तालिममा सहभागि युवाहरुले हप्तामा ४० पाउण्ड खर्च पाउनेछन। यो कार्यक्रम १२ देखि १४ हप्तासम्म शनिबार र आइतबार दुईदिन चल्नेछ। कोर्षको अवधिभर तमु धि लण्डन शाखाका सांस्कृतिक सचिव गगन गुरुङले युवाहरुलाई साथ दिनेछन। उनलाई युवाहरुको समस्याको समाधान गर्न केयर टेकरको भुमिका दिइएको शाखाले जनाएको छ।
तालिममा पार्ट टाइम अध्यायन गरीरहेका तथा विश्वविद्यालय नगएका १६ देखि २३ बर्षमुनीका युवाहरुले भाग लिन पाउनेछन। तालिमबाट युवाहरुमा विभिन्न आधारभुत कोर्षको ज्ञान हुनेछ। यो कोर्ष पुरा गरेपछि उनीहरु सेक्युरीटि गार्ड तथा डोर सुपरभाइजर हुन योग्य हुनेछन। मे १४ देखि शुरु हुने पहिलो चरणको तालिममा करीब ८० जना युवाहरुले सहभागिता जनाउने जानकारी गराएका छन। यस तालिमबाट पश्चिम लण्डन क्षेत्रमा बसोबास गर्ने युवाहरु लाभान्वित हुनेछन। आगामी जुलाई महिनामा पनि यहि कोर्ष गराइनेछ। तमुधी लण्डन शाखाले २५ बर्षभन्दा माथिका युवाहरुलाई पनि डोर सुपरभाइजर तालिम दिने भएको छ। तर त्यस बापत युवाहरुले खर्च रकम भने पाउने छैनन।
डकुमेन्टेशन कार्यक्रममा अध्यक्ष चित्र बहादुर गुरुङ महासचिव अर्जुन कुमार गुरुङ तमु धी युकेका पूर्व अध्यक्ष सुवासिसंह गुरुङ सचिव टंक गुरुङ तथा गोर्खा ग्लोवल सेक्युरीटिका मेनेजिङ डाइरेक्टर डेम बहादुर गुरुङ र अपरेशन म्यानेजर कृष्ण गुरुङ को सहभागिता रहेको थियो।
धर्म राज अधिकारी
वेलायत